वीरता लेडी जेसीजले विद्यार्थीका लागि सोमबार ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ ।
बिर्तामोडस्थित मोहनमाया माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
सडक सुरक्षा र ट्राफिक नियमका विषयमा जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यले बताइन् ।
Advertisement
विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित सचेतना कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलले ट्राफिक नियमको महत्त्व, पालना र सडक सुरक्षाका उपायबारे सहजीकरण गरेका थिए ।
प्रहरी सहायक निरीक्षक इन्द्र बिष्टले व्यवहारिक पक्षमा जोड दिँदै सडकमा सुरक्षित यात्रा कसरी गर्ने भन्ने विषयमा विद्यार्थीलाई सचेत गराएका थिए ।







