झापा गोल्डकपले बिर्तामोड नगरपालिकाका प्रमुख र उपप्रमुखलाई गोल्डकप आयोजक समितिको संरक्षकको जिम्मेवारी प्रदान गरेको छ ।
झापा गोल्डकपका अध्यक्ष केदार गिरीको अध्यक्षतामा केही दिनअघि बसेको बैठकले बिर्तामोड नगर प्रमुख र उपप्रमुखलाई संरक्षक राख्ने निर्णय गरेको थियो ।
संरक्षकको रूपमा रहेका नगरप्रमुख पवित्र महतरा प्रसाईं र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई गोल्डकपले औपचारिक पत्र समेत प्रदान गरेको छ ।
Advertisement
नगर प्रमुखको कार्यकक्षमा आयोजित संक्षिप्त कार्यक्रमका बीच अध्यक्ष गिरीले प्रमुख र उपप्रमुखलाई संरक्षकत्वको पत्र सम्मानसहित प्रदान गरेका हुन् ।
यसैबीच झापा गोल्डकपले आगामी फागुनमा प्रस्ताव गरेको सातौं संस्करणका लागि बिर्तामोड नगरपालिकासहित झापाका १५ वटै स्थानीय तहमा आफ्नो प्रस्तावना पत्र पेश गरेको छ ।







