बिर्तामोडको विकासमा सञ्चारको भूमिका विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रेस सेन्टर नेपाल झापाको आयोजनामा तथा बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा आइतबार बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बिर्तामोड-३ का वडाध्यक्ष मदन बुढाथोकी, बिर्तामोड-४ का वडा सदस्य उमेश राउत, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष भीमा शिवाकोटी, सञ्चारिका समुह झापाकी अध्यक्ष लीला अनमोल, फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशी, पत्रकार गणेशमान मुखिया, इन्द्रजीत मुखिया, इन्द्रसिंह राजवंशी, पुष्प बराल, बिनोद पाण्डेलगायतले नगरको विकासका आ-आफ्नो जिज्ञासा राखेका थिए ।
कार्यक्रममा नगर प्रमुख प्रसाईं र उप-प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले नगरले गरेका विकास योजनाका विषयमा पत्रकारहरुको जिज्ञासाका विषयमा स्पष्ट पारेका थिए ।
प्रेस सेन्टर झापाका उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रकाश उप्रेतीले गरेका थिए ।
सोही कार्यक्रमका बिच प्रेस सेन्टर नेपालको केन्द्रिय सचिवमा निर्वाचित दिपिन राई र केन्द्रिय सदस्यमा निर्वाचित राजु पाठकलाई सम्मान गरिएको थियो ।







