कमल गाउँपालिका सञ्चालित विद्यालय स्वास्थ्य कार्यक्रम अन्तरर्गत बैशाख महिनामा कूल नौ सय ६४ जना विद्यार्थीको स्वास्थ्य परीक्षणका साथै स्वास्थ्य सम्बन्धी परामर्श प्रदान गरिएको छ ।
विद्यालय स्वास्थ्य कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुको समेत सक्रिय सहयोग रहेको छ । जनप्रतिनिधिहरुले विद्यालय र स्वास्थ्य संस्थाबीच समन्वय गरी कार्यक्रम सफल बनाउन विभिन्न किसिमले सहयोग पु¥याएको कमल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
उक्त कार्यक्रमलाई अझ प्रभावकारी र दिगो बनाउन जनप्रतिनिधिहरुको महत्वपुर्ण भूमिका रहने स्वास्थ्य शाखा प्रमुख बिमल थापाले बताए ।
Advertisement
विद्यालय स्वास्थ्य कार्यक्रमले विद्यार्थीहरूलाई नियमित स्वास्थ्य परीक्षण, रोग पहिचान, पोषणसम्बन्धी परामर्श, सरसफाई र रोग नियन्त्रणका उपायका बारे सचेतना प्रदान गर्दै आएको छ ।







