नारी सञ्चार गृह झापाको आयोजनामा आजदेखि पत्रकारितामा नयाँ प्रविधि विषयक दुई दिने तालिम सुरु भएको छ ।
नारी सञ्चार गृह झापाका अध्यक्ष रेजिना रोदनको अध्यक्षतामा भएको तालिमको उद्घाटन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले गरेकी थिइन् ।
उक्त अवसरमा बोल्दै नगर प्रमुख प्रसाईंले सत्य तथ्यको आधारमा सूचना प्रवाहमा जोड दिँदै नयाँ प्रविधिलाई सञ्चारकर्मीले आत्मसात गर्नु पर्ने बताइन् ।
कार्यक्रमका विशेष अतिथि सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले पत्रकारको सीप तथा क्षमता विकासमा नारी सञ्चार गृहले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले नारी सञ्चार गृहको अक्षय कोषलाई एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
अक्षय कोषमा सहयोग गर्ने सहारा नेपाल र पत्रकार सुनिरा मैनालीलाई सम्मान गरिएको छ । आइतबारसम्म सञ्चालन हुने तालिममा सञ्चार विज्ञ भानुभक्त आचार्यले सहजीकरण गर्ने छन् ।







