• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

श्रृंगेरीका शंकराचार्य महास्वामीजी नेपाल आउँदै


  •    संवाददाता/ बिहिबार, बैशाख २५, २०८२  

  • दक्षिणाम्नाया श्री श्रृंगेरी शारदा पिठमका ३७ औं जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजी आगामी जेठ ८ देखि १० गतेसम्म नेपाल भ्रमणमा आउने भएका छन् ।

    उनले नेपालमा रहँदा प्रमुख हिन्दू तीर्थस्थलहरूमा दर्शन तथा धार्मिक अनुष्ठानहरू सम्पन्न गर्ने कार्यक्रम रहेको छ । महास्वामीजीले पशुपतिनाथ मन्दिरमा पूजा-आराधना गर्ने, मुक्तिनाथ धामको यात्रा गर्ने तथा रुपन्देहीको सिद्धबाबा र कामाख्या देवी मन्दिरमा दर्शन गरी आशीर्वाद प्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।

    Advertisement

    शंकराचार्यको यस भ्रमणलाई नेपालका धार्मिक वृत्तले ऐतिहासिक महत्वको रूपमा लिएका छन् । यसले भक्तजनहरूलाई आध्यात्मिक अनुभूति दिलाउने र नेपाल-भारतबिचको धार्मिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

    Advertisement

    भारतको कर्नाटक राज्यस्थित श्रृंगेरी शारदा मठ हिन्दू धर्मको एक प्राचीन तथा प्रतिष्ठित संस्था हो, जसको स्थापना ८औं शताब्दीमा आदि शंकराचार्यले अद्वैत वेदान्तको प्रचारप्रसारका लागि गरेका थिए । श्रृंगेरी मठका शंकराचार्यहरूलाई सनातन धर्ममा सर्वोच्च आध्यात्मिक गुरुका रूपमा सम्मान गरिन्छ ।

    मठले वेद, उपनिषद्, योग, संस्कृत अध्ययन तथा अध्यात्म शिक्षाको विकासमा विशेष योगदान पुर्‍याउँदै आएको छ । तुङ्गा नदीको किनारमा अवस्थित यस मठमा स्थापित देवी शारदा (सरस्वती) को मन्दिरलाई ज्ञानकी देवीको रूपमा पूजिन्छ ।

    यसअघि पनि श्रृंगेरीका शंकराचार्यहरू नेपाल भ्रमणमा आइसकेका छन् । ३४ औं जगद्गुरु श्री भारती कृष्ण तीर्थ महास्वामीजीले १९५०-६० को दशकमा पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी लगायतका तीर्थस्थलको भ्रमण गरेका थिए ।

    त्यसैगरी ३५ औं जगद्गुरु श्री अभिनव विद्यातीर्थ महास्वामीजीले १९७०-८० को दशकमा काठमाडौं र पोखराका विभिन्न मन्दिरमा पूजा गरेका थिए भने ३६औं जगद्गुरु श्री भारती तीर्थ महास्वामीजीले २०१२ मा नेपाल भ्रमण गरी पशुपतिनाथ मन्दिरमा विशेष पूजा सम्पन्न गराएका थिए ।

    यसरी ३७ औं जगद्गुरु श्री श्री विदुशेखर भारती महास्वामीजीको यो भ्रमणले श्रृंगेरी मठ र नेपालबिचको दीर्घकालीन धार्मिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अलपत्र कनकाई पुल पुगेका युवाको सरकारलाई ध्यानाकर्षण ‘नचाहिने भ्युटावर होईन, चाहिने पुल बनाऊ’
    इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु
    बिर्तामोडमा बिहिवार बिहान सम्म कर्फ्यु
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.