नेपाल जेसीजको ६१ औँ तथा रेडक्रसको १६१ औँ दिवसको अवसरमा चारआलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
इलाम, झापा र मोरङ जिल्लामा रहेका नेपाल जेसिजका १६ वटा शाखाको संयुक्त आयोजनामा भएको रक्तदानमा ११ महिलासहित ६१ जनाले रगत दान गरेका थिए ।
नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष राघब कोइरालाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका सांसद गोपाल तामाङ रहेका थिए ।
मेचीनगरमा रहेका २५ वटा भन्दा बढी संघसंस्थाको संयुक्त सह-आयोजना तथा नेपाल रेडक्रस सोसाईटी झापा शाखाको प्राविधिक सहयोगमा भएको रक्तदानमा प्रमुख अतिथि प्रदेशका सांसद तामाङ, रेडक्रस सोसाईटि झापा शाखा अध्यक्ष लोकराज ढकाल, नेपाल जेसीजका पूर्व कार्यकारिणि उपाध्यक्ष कुमार सिंह सावा लिम्बू लगायतले आ-आफना धारणा राखेका थिए ।
कार्यक्रम संयोजक चारआली जेसीज वर्ष २०२५ अध्यक्ष सुजुप सुवेदीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रममा आस्था पाठ बाँहुण्डागी जेसीज वर्ष २०२५ अध्यक्ष नित्यानन्द चम्लागाई र जेसीज मिसन भिजन बाचन सतासिधाम जेसीज वर्ष २०२५ अध्यक्ष जेसी पदमबहादुर कुँवर गरेका थिए ।
उक्त अवसरमा आजसम्म ११८ स्वेच्छिक रक्तदान गर्ने रेडक्रसकर्मी एवं हल्दीबारी डटकमका प्रधान सम्पादक का नेत्र बिक्रम बिमलीलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन विरता लेडी जेसीज वर्ष २०२५ का अध्यक्ष निशा शाक्यले गरेकी थिइन् ।







