केन्द्रीय सुरक्षा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको छ ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको बैठकले भारत-पाकिस्तानबीचको तनावलाई मध्यनजर गर्दै विमानस्थल र सीमा नाकामा सुरक्षाा निगरानी बढाउने निर्णय गरेको हो ।
देशमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने, सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बता्ए ।
Advertisement
भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित घटनाक्रम र त्यसले नेपाललाई पार्नसक्ने प्रभाव, सम्भावित चुनौती र भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए ।







