जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडमा एकै परिवारका तीन जना अपाङ्गता भएका व्यक्तिलाई घर मै पुगेर नागरिकता वितरण गरेको छ ।
वडा नम्बर ५ बुद्द टोलस्थित प्रेम बहादुर लिम्बु र मनकुमारी शेर्माका तिम्ल्याहा छोरी अति अशक्त १७ वर्षीया आकृती लिम्बु, ईन्तुसा लिम्बु र ईक्सा लिम्बुलाई जिल्ला प्रशासनले घरमै पुगेर नागरिकता वितरण गरेको हो ।
उनीहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंले नागरिकता प्रदान गरेका थिए । उनिहरु तीन जनामध्ये ईन्तुसा ओच्छ्यानबाट उठ्न नसक्ने अवस्थाकी छिन् ।
Advertisement
वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाईको उपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईंसहित प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरु, नायव सुव्वा यदुनन्दन दाहाल, जीवन पौडेल, कर्मचारी नारायण राजवंशीको टोलीले नागरिकता प्रदान गरेको हो ।







