झापाको दमक-६ स्थित ढावा होटल एण्ड लजमा आज एक महिला मृत फेला परेकी छन् ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार झापाको शिवसताक्षी नगरपालिका वडा नं.११ ब्याङडाडा घर भएकी अन्दाजी २७ वर्षीया करिश्मा निरौला मृत भेटिएकी हुन् । होटलको कोठामा उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ ।
ती महिला शनिवार दिउँसो करिब १ बजेतिर होटलको कोठा लिएर बसेकी थिइन । आइतबार दिउँसोसम्म कोठाको ढोका नखुलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी गलामा पासो लगाएर पंखामा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
उनको शव पोष्टमार्टमका लागि परिवारसँग समन्वय गरेको छ ति महिला विवाहित भए पनि यसअघि नै सम्बन्ध विच्छेद गरिसकेकी बताइएको छ । उनी हालसालै बैदेशिक रोजगारबाट घर फर्किएकी थिइन् ।
होटल व्यवसायी संघका प्रदेश अध्यक्ष राजन दंगालका अनुसार ति महिला कोठामा बस्नका लागि एक्लै आएकी थिइन् । उनको मृत्यु सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सहि कानूनी प्रकृया अघि बढाएको जनाइएको छ ।







