झापाको बिर्तामोड नगरपालिका २ नम्बर वडा कार्यालयको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर बिहीबार बेलडाँगीस्थित वडा कार्यलयमा भएको शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच तथा सचेतना कार्यक्रममा १६० जना सर्वसाधारणहरुले सेवा लिएका छन् ।
विपन्न मजदुर वर्गलाई सेवादिने उद्देश्य राखेर आयोजना गरिएको शिविरमा ११६ जनाको क्यान्सर पहिचान स्क्रिनिङ र फिजिसियन सेवा तर्फ ११० जनाले स्वास्थ्य परिक्षण गरेका थिए ।
बिएण्डसी अस्पतालको प्रविधिक सहयोगमा भएको शिविरमा स्त्री रोग डाक्टर रागिनी जैसवाल, फिजियिन डाक्टर नरु महर्जनले स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमै आयोजना भएको सचेतना परामर्श कार्यक्रमको सहजीकरण नर्स प्रतिमा कार्कीले गरेकी थिइन ।
सेवाग्राहीहरुलाई छिटो सेवा दिनको लागि अस्पतालका स्वास्थ्यकर्मीहरु अनिता पौडेल, कौशिला राजवंशी, अनिस्का श्रेष्ठ र अस्पतालज प्रसाशनबाट खेम घिमिरे र अरुणा लकान्द्री खटिएका थिए ।
वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षतमा आयोजित शिविरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौलाले गरेका थिए ।
जनप्रतिनिधी निला गौतम, शर्मिला राजवंशी, ओमनाथ गौतम, चेतन विमली, चारपाने स्वास्थ्य केन्द्र प्रमुख प्रेमप्रसाद पाण्डे लगायतको उपस्थित रहेको कार्यक्रमको सञ्चालन वडा सचिव हिमा खनाल पोखरेलले गरेकी थिइन ।







