• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कार्टुनबाट के सिक्छन् त बालबालिकाले ?


  •    संवाददाता/ सोमबार, बैशाख ०८, २०८२  

  • अहिलेको डिजिटल दुनियाँमा मात्रै नभएर, एनलग टेलिभिजनको समयदेखि नै बालबालिकामाझ कार्टुन लोकप्रिय रहँदै आएको छ । डोरेमन, निन्जा हत्तोरी, मिक्की माउस, टोम एण्ड जेरी, पेपा-पिग जस्ता अनेकौं कार्टुन सिरियलहरू बालबालबालिका माझ लोकप्रिय छन् ।

    बच्चाहरूले जतिखेरै कार्टुन हेरेर हैरान पारेको अनुभव प्राय अभिभावकमा हुन्छ । झन् अहिले त कार्टुन हेर्नका लागि पहिलाजस्तो टेलिभिजनको समय कुरेर बस्नुपर्दैन । आफूलाई मनपर्ने कार्टुन, मन लागेको समयमा इन्टरनेटमा खोजेर हेर्न सकिन्छ ।

    Advertisement

    बिग्रिन्छन् भनेर बच्चाहरूलाई यस खालका कार्टुन हेर्नै निषेध गर्ने अभिभावक पनि भेटिन्छन् । कार्टुन तयार गर्दा बाल मनोविज्ञानलाई समेत ध्यान दिइएको हुन्छ । यसले खाली मनोरञ्जन मात्रै नदिएर, उनीहरूको सिकाइमा मद्दत पनि गरिरहेको हुन्छ ।

    Advertisement

    कार्टुनबाट के सिक्छन् त बालबालिकाले ?

    रंगीन दृश्य, रोचक कथावस्तु र जीवन्त पात्रहरूले बालबालिकालाई आकर्षित गर्छन् । तर, कार्टुन केवल मनोरञ्जनको साधन मात्र होइन; यसले बालबालिकाको मानसिक, भावनात्मक र सामाजिक विकासमा पनि प्रभाव पार्छ । बाल मनोविज्ञानको दृष्टिकोणबाट, कार्टुनले बालबालिकालाई विभिन्न कुरा सिकाउनुका साथै उनीहरूको व्यवहार र सोचमा प्रभाव पार्छ।

    १. नैतिक र सामाजिक मूल्यहरू

    बाल मनोविज्ञाबारे जानकारहरूका अनुसार बाल अवस्थाको नयाँ कुरा जान्न, सिक्नका लागि अति उत्सुक हुन्छ । यो समयमा आफूले देखेसुनेका, पढेका कुराको छाप गहिरोसँग पर्छ ।

    धेरै कार्टुनमा त्यहाँका पात्रहरू मार्फत इमानदारी, सहयोग, मित्रता र सम्मानको महत्त्व सिकाइएको हुन्छ । इमान्दार नहुँदा, स्वार्थी हुँदाका नतिजा के हुन्छन्, भन्ने कथाहरू त्यहाँ समावेश गरिएको हुन्छ । आफू भन्दा ठूलालाई कस्तो व्यवहार गर्नुपर्छ, सानालाई के गर्नुपर्छ भन्ने कुराहरू यस्ता कथाहरूले सिकाइरहेको हुन्छ ।

    २. भाषा

    कार्टुनले बालबालिकाको भाषा विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ। रंगीन चित्र र सरल संवादले उनीहरूको शब्दभण्डार वृद्धि हुन्छ । नयाँ-नयाँ शब्दावली तिनको सही प्रयोगबारे जानकारी राख्न मद्दत गरिरहेको हुन्छ ।

    विभिन्न भाषामा उपलब्ध कार्टुनले वहुभाषिक सीप विकासमा पनि सहयोग गर्छ । नेपालको सन्दर्भमा भन्नुपर्दा बालबालिकाले अंग्रेजी र हिन्दी भाषा कार्टुन हेरेरै सिकिरहेका हुन्छन् । दृश्य र श्रवणको संयोजनले बालबालिकाको कुनै पनि कुरा अभिव्यक्त गर्ने आत्मविश्वास र सञ्चार गर्ने सीप पनि विकास भइरहेको हुन्छ ।

    ३. कल्पनाशीता र सिर्जनशीलता

    कार्टुनमा काल्पनिक संसार तयार गरिएको हुन्छ । रोचक कथा तथा घटनाक्रम त्यहाँ समावेश हुन्छ । यसले बालबालिकामा कल्पना गर्ने र सिर्जना गर्ने क्षमता विकास गरिरहेको हुन्छ । बाल मनोविज्ञानमा, रचनात्मक सोचलाई बालबालिकाको बौद्धिक विकासको महत्त्वपूर्ण हिस्सा मानिन्छ ।

    ४. समस्या झेल्ने उपाय

    धेरै कार्टुनहरूमा पात्रहरूले विभिन्न समस्याको सामना गर्छन् गरिरहेका हुन्छन्, ती समस्याबाट पार पाउन उनीहरूले विभिन्न उपाय अपनाइरहेका हुन्छन् । यसले बालबालिकामा समस्याहरू आउँछन् र तिनका समाधान पनि हुन्छन् भन्ने कुरा सिक्छन् ।

    यस्ता कथाहरूले बालबालिकालाई तार्किक रूपमा सोच्न र समस्याको समाधान खोज्न सिकाउँछन् ।

    ५. अरुको भावना बुझ्ने

    कार्टुनले बालबालिकालाई भावनाहरू बुझ्न र व्यक्त गर्न सिकाउँछ । कार्टुनका कथामा खुसी, दु:ख, रिस र डर जस्ता भाव समेटिएका दृश्य समावेश हुन्छन् । यसले बालबालिकालाई आफ्ना भावनाहरू पहिचान गर्न र व्यवस्थापन गर्न सहयोग गर्छ । बाल मनोवैज्ञानिकहरूका अनुसार, भावनात्मक बुद्धिमत्ता बालबालिकाको सामाजिक र व्यक्तिगत जीवनका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ।

    ६. शैक्षिक ज्ञान

    कतिपय कार्टुनहरू शैक्षिक उद्देश्यले नै पनि बनाइएका हुन्छन् । जस्तो क, ख, ग…, ए, बी, सी, डी…, १, २, ३… आदि सिकाइका लागि कार्टुनसहितका धेरै भिडियोहरू बनाइएको पाइन्छ । पाठहरूम रहेका कविता, कथाहरूलाई पनि कार्टुन भिडियोको रुपमा पाउन सकिन्छ ।

    यस्ता कार्टुनले बालबालिकालाई रमाइलो तरिकाले पढाइका आधारभूत ज्ञान सिकाउन सकिन्छ । उनीहरूको सिकाइप्रति रुचि बढ्छ । दृश्यमा आधारित सिकाइले बालबालिकाको दीर्घकालीन स्मरण शक्तिलाई बलियो बनाउने विभिन्न अध्ययनहरूले पनि देखाएका छन् ।

    ७. संस्कार, संस्कृति

    समुदायमा रहेका संस्कार, संस्कृतिको ज्ञान पनि कार्टुनले दिन्छ । कार्टुनका कथामा विभिन्न संस्कृति र परम्पराहरूलाई देखाइएको हुन्छ, जस्तै पर्व कसरी मनाउने, जन्मदिन वा कुनै उत्सवमा के गरिन्छ ? जन्मिदा तथा मृत्युका बेला कस्तो प्रक्रियाहरू हुन्छन् यी कुरा कार्टुनमा देखाइने कथाबाट सिकिरहेका हुन्छन् ।

    ८. तनाव कम गर्ने

    बालबालिकालाई पनि तनाव र चिन्ता हुन्छ । कार्टुनका रोचक र हाँस्यपूर्ण सामग्रीले उनीहरूको मनलाई रोमाञ्चित बनाउन सक्छ । हाँस्यप्रधान र रमाइला गतिविधिहरू बालबालिकाको मानसिक स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

    सचेत हुनुपर्छ

    कार्टुनले बालबालिकालाई सिकाउने र सकारात्मक प्रभाव मात्रै पार्दैन, यसले नकारात्मक परिणाम पनि ल्याउन सक्छ । कार्टुन हेर्दा हुने सम्भावित समस्या र जोखिमलाई ध्यान दिनु आवश्यक छ । ती जोखिमहरूबाट बचाउन अभिभावक सचेत रहुपर्छ ।

    लत

    कार्टुन हेर्ने बानी लागेका बालबालिकालाई सबैभन्दा जोखिमको विषय हो, यसको लत । हामीले हाम्रै परिवार वा समुदायमा देखिरहेका हुन्छौँ, कतिपय बालबालिका पाएसम्म कार्टुनमै झुण्डइरहेका हुन्छन् । उनीहरू अन्य गतिविधि तथा खेलकूदमा रुचि राख्दैनन् । परिवारका सदस्य तथा साथीहरूसँग घुलमिल हुने, समय बिताउने कुरामा रुचि राख्दैनन् ।

    यस्ता बानीले खाने, सुत्ने र पढ्ने जस्ता नियमित गितिविधिमा समेत असर परिरहेको हुन्छ । धेरै समसय स्क्रिनमा हेर्दा आँखामा समस्या हुने, मानसिक स्वास्थ्यमा समेत समस्या हुनसक्छ ।

    गलत चरित्रको सिको

    कार्टुनका कथाहरूमा देखाइने नकारात्मक पात्रहरूको प्रवृत्ति र चरित्रलाई बच्चाहरूले सिको गर्न सक्छन् । उनीहरूले जस्तै व्यवहार देखाउने, नराम्रा कुराहरू बोल्ने गर्न सक्छन् । हिंसात्मक कार्टुनले बालबालिकामा आक्रामक व्यवहारलाई प्रोत्साहन गर्न सक्छ।

    के गर्ने ?

    बालबालिकालाई निश्चित समय तोकेर कार्टुन हेर्ने व्यवस्था गर्न सकिन्छ । जुनसुकै खालको भन्दा पनि उमेर र उसको बुझ्ने क्षमताअनुसार कार्टुन छनोट गरी हेर्न प्रेरित गर्नुपर्छ । अन्य गतिविधिमा असर नपर्ने गरी कार्टुन हेर्न दिनुपर्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.