त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन उत्तरपुस्तिका परीक्षण गरेर नतिजा सार्वजनिक गरेको छ ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन शंकरप्रसाद खनालका अनुसार चौथो सेमेस्टरको परीक्षा आइतबार सकिए लगत्तै परीक्षण गरेर नजिता सार्वजनिक गरिएको हो ।
‘हिजै परीक्षा सकेर हिजै नतिजा निकालेका हौं । दुई बजे जाँच सकिएको थियो । सरहरूलाई परीक्षण गर्न भन्यौं । उहाँहरूले सहयोग गर्नुभयो । राति नै नतिजा निकाल्न सक्यौं,’ उनले भने ।
Advertisement
अध्ययन संस्थानका सहायक डिन महेन्द्र महर्जनले ४७ जना विद्यार्थीले परीक्षा दिएको बताए ।
‘सबै विद्यार्थी उत्तीर्ण भएका छन् । चौथो सेमेस्टरमा एउटा पेपर थियो । संख्या पनि थोरै भएकाले एकै दिन परीक्षा, परीक्षण र नतिजा निकाल्न सकियो,’ उनले भने ।







