• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बाल विवाह नगराउने झापाका धर्मगुरुहरुको प्रतिवद्धता, मागीभन्दा भागी विवाह रोक्न चुनौती


  •    संवाददाता/ बिहिबार, चैत २७, २०८१  

  • झापाका विभिन्न धर्मका धर्मगुरुहरुले बालविवाह नगराउने प्रतिवद्धता जनाएका छन् ।

    मागीभन्दा भागी विवाहमा बालविवाह रोक्न चुनौती रहेको उनीहरुले अनुभव सुनाएका थिए ।

    Advertisement

    धार्मिक गुरुहरुसँगको एकदिने अभिमुखीककरण कार्यक्रममा उनीहरुले अहिलेसम्म बालविवाह गराउन सहयोग नगरेको बताउँदै अब पनि बालविवाह नगराउने प्रतिवद्धता जनाएका हुन् ।

    Advertisement

    धर्मअनुसार विवाह हुने भएकाले बालविवाह न्यूनीकरणमा धर्मगुरुहरुको महत्वपूर्ण भूमिका रहने भन्दै महिला जनचेतना केन्द्र मेचीनगर-६ काँकडभिट्टाले उनीहरुसँग आज बिर्तामोडमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।

    विभिन्न धर्मका धर्मगुरुहरुले बालविवाह धार्मिक मसला नभएर सामाजिक मसला भएको बताए । उनीहरुले कुनै पनि धर्मको धर्मग्रन्थमा बालविवाह गराउनु भनेर उल्लेख नभएको स्पष्ट पारेका छन् ।

    शिवपाञ्चायन नवग्रह मन्दिर मेचीनगर-७ का पण्डित देवराज निरौलाले आफ्नोे मन्दिरमा विवाह गराउन आउँदा बाबुआमा, अभिभावक, होटलमा बस्ने भए होटल साहुसम्म खोजेर ल्याउन लगाएको बताए । उनले कम उमेरका युवायुवतीहरु विवाह गराउन आउँदा फिर्ता पठाएको जानकारी दिए । रजस्वला नभइकन विवाह गराउँदा पवित्र हुने कुरा धर्मशास्त्रमा कहिकतै उल्लेख नभएको उनले स्पष्ट पारेका छन्।

    त्यस्तै मधेसी समुदायका पण्डित बाह्रदशीका त्रिलोक झाले शास्त्र पल्टाएर हर्दा हिन्दु धर्मले बालविवाह गराउन नभनेको बताए । उनले विगतको तुलनामा बालविवाह कम हुँदै गएको बताउँदै बालविवाह परिमार्जन हुने धारणा राखेका छन् ।

    बौद्ध धर्मका धर्मगुरु कचनकवल-१ का अविदल तामाङले आफूहरुले ‘लो’ र ‘खाम’ हेरेर मात्र विवाह गराइदिने गरेको बताए । उनले मागी विवाहमा बालविवाह हुन नदिएपनि भागी विवाहमा समस्या रहेको प्रतिक्रिया दिए ।

    मुस्लिम धर्मका धर्मगुरु बाह्रदशी-५ का महमद सहजाद आलमले २० दिनअगाडि कम उमेरको युवतीसंग विवाह गर्न आउँदा आफूहरुले जन्ती भारततिर नै फर्काइदिएको जानकारी दिए । उनले शिक्षा र चेतनाको कमीका कारण बालविवाहले अझै प्रश्रय पाइरहेको धारणा राखेका थिए ।

    इसाई समाज झापाका अध्यक्ष इसहक सेन्चुरीले मानिसको तीनवटा कर्ममध्ये वैवाहिक कर्म आदरणीय र सम्माननीय हुनुपर्छ भन्दै बाल अधिकार बुझेर बाबुआमाले बालविवाह गराउन नहुनेमा जोड दिए । उनले आफूहरुले बालविवाह हुन नदिएको बताउँदै बालविवाह गराउन खोज्ने अभिभावकलाई संझाई बुझाई गर्ने गरेको जानकारी दिए ।

    महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बाह्रदशीका पुसक ताजपुरिया, मेचीनगरका ज्ञानबहादुर मगर, कचनकवलकी राधिका आचार्य, कचनकवलका श्यामलाल गणेश, टिकालाल राजवंशी, कचनकवलका महमद अजाज हुसैन र महमद इहासनुल हकले पनि बालविवाहका बारेमा आफ्ना अनुभव सुनाएका थिए ।

    संस्थापक अध्यक्ष राधा प्रधानले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन संचारकर्मी सुष्मा राजवंशीले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.