नेकपा माओवादी केन्द्रको भ्रातृसंस्था प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् ।
गएराति सम्पन्न मतदानमा गिरीले ३६६ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी दीपेन्द्र रावलले १ सय ७५ मत पाएका थिए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारीले ३९७ मत ल्याएर विजयी हुँदा सुदिप बर्देवा पराजित भएका छन् ।
सेन्टरको पाँच जना उपाध्यक्ष भने निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष महिलामा शान्ता अधिकारी र उपाध्यक्ष समावेशीमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।
त्यसैगरी महासचिवमा मनोज घर्तिमगरले ३७९ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी दिपेन्द्र शर्माले १४८ मत पाएका छन् ।
यस्तै उपमहासचिव खुलामा ज्ञानप्रसाद पौडेल, उपमहासचिव महिलामा लक्ष्मी आचार्य, उपमहासचिव दलितमा हरिश बिक, उपमहासचिव मधेशीमा अनिल मिश्र, उपमहासचिव आदिवासी जनजातिमा बुद्ध लोप्चन निर्वाचित भएका छन् ।
त्यसैगरी सचिव खुलमा सुरेन्द्र चालिसे र सन्तोष देउजा, महिला सचिवमा अन्जली थापा, समावेशी सचिवमा अवतार राई र कोषाध्यक्षमा वसन्त गिरी निर्वाचित भएका छन् ।







