त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा बुझाएका छन् ।
उनले केहीदिन अघि राजीनामा लेखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको उच्च स्रोतले जनाएको छ ।
गत साल फागुन १० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकाले बराललाई उपकुलपति नियुक्त गरेको थियो । तर, बरालको नियुक्ति र कार्यशैलीमाथि सत्तारुढ दल नेकपा एमालेले प्रश्न उठाएको थियो ।
Advertisement
बरालले केहीदिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफूले राजीनामा दिने जानकारी गराएका थिए । सोही बैठकमा रहेका एक प्राध्यापकका अनुसार बरालले आफूलाई राजीनामा दिन बाध्य पारिएको गुनासो प्रचण्डसँग गरेका थिए ।







