बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा नेपाली काँग्रेसका हेमलाल गुरागाई विजयी भएका छन् ।
नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लिम्बुवान लोकतान्त्रिक मोर्चाको संयुक्त लोकतान्त्रिक प्यानलकाका तर्फबाट उम्मेद्वार रहेका अध्यक्षमा गुरागाईसहित अधिकांश पदमा उक्त प्यानलका उम्मेद्वार विजयी भएका हुन् ।
शनिबार सम्पन्न निर्वाचनमा काँग्रेसका गुरागाईले ४३२ मत पाएर विजयी हुँदा नेकपा एमालेका उम्मेद्वार पासाङ्ग तामाङले ३१५ मात्र प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेद्वार मेघराज खड्काले १८५ मत पाएका थिए ।
त्यसैगरी उपाध्यक्षमा काँग्रेसका सागर कार्की विजयी भएका छन् । कार्कीले ५८२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका पुष्कर घिमिरेले २२५ मत मात्र प्राप्त गरेका छन् ।
त्यस्तै सचिवमा राप्रपाका सन्तोस सुवेदी विजयी भएका छन् । सुवेदीले ३५५ मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजन कार्कीले ३२५ मत प्राप्त गर्दा सचिवमा एमालेका गोपाल बराईलीले १५३ मत मात्र पाएका थिए ।
त्यसैगरी कोषाध्यक्षमा काँग्रेसका पुर्णिमा कट्टेल ३९४ मत प्राप्त गरी विजयी हुँदा कोषाध्यक्षमा एमालेका उम्मेद्वार पुष्पाकुमार बिष्टले २४४ मत मात्र पाएका छन् ।
त्यस्तै सहसचिवमा राप्रपाका राजन न्यौपानेले ३९४ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सुरेश घिमिरेले २८८ मत मात्र पाएका गरेका थिए ।
त्यसैगरी खुला महिला सदस्यमा काँग्रेसका राधा नेपाल र नेकपा एमालेका उमा राउत विजयी हुँदा पुरुषतर्फ खुला सदस्यमा युवराज पौडेल र चन्द्रलाल ढुङ्गाना विजयी भएका छन् ।







