• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षा समिति सभापतिसँग शिक्षकहरू आक्रोशित


  •    संवाददाता/ बिहिबार, चैत १३, २०८१  

  • शिक्षा समिति सभापति अम्बरबहादुर थापा र शिक्षकहरूबीच नोकझोक चलेको छ ।

    बिहीबार काठमाडौँमा शिक्षाका लागि राष्ट्रिय अभियानले आयोजना गरेको कार्यक्रममा विद्यालय शिक्षा विधेयकमाथि छलफल थियो ।

    Advertisement

    उक्त छलफलमा समिति सभापति थापाले ‘शिक्षक कर्मचारीले आन्दोलन गर्ने होइन जनताको पक्षमा काम गर्ने हो’ भनेपछि शिक्षकहरू आक्रोशित भएका थिए ।

    Advertisement

    ‘जनताको करबाट तलब खाने सांसद, शिक्षक, कर्मचारी सबैले ड्युटी गर्नुपर्छ । ड्युटी नगर्ने राज्यको तलब मात्र खाने भनेर बोलेको थिएँ,’ सभापति थापाले भने, ‘शिक्षकहरूले आन्दोलन गर्न जरुरी छैन । शिक्षकले भनेभन्दा बढी ऐनमा आउँछ ।’

    सभापति थापाले छलफलमा दल निकटका शिक्षक संघ संगठन पनि राख्न नहुने भनेका थिए । ‘दलको शिक्षक संघ/संगठन आवश्यक छैन । संविधानले पनि पार्टी निकटको युनियन खोल्ने भनेको छैन,’ सभापति थापाले भने । यी नै विषयमा शिक्षकहरूले असन्तुष्टि जनाएको सभापति थापाले बताए ।

    सभापति थापाले शिक्षकहरूलाई अपमान गरेपछि आफूहरूले सहन नसकेको नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् ।

    सभापति थापाले सार्वजनिक विद्यालय खत्तम् रहेको टिप्प्णी गरेकोले आफूहरूले प्रतिकार गरेको बताइन् । ‘ऐन ल्याउछौं भनेर सान्तवना दिनुपर्ने हो । तर, अपमान गर्नुभयो,’ उनले भनिन् ।

    हाल विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाको शिक्षा समितिमा दवाफार छलफलको क्रममा छ । र विधेयक पास गर्न माग राख्दै शिक्षकहरूले आन्दोलन घोषणा गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.