राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको छ ।
समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंलाई कमाण्डरको जिम्मेवारी दिइएको जानकारी गराएका हुन् ।
प्रसाईंकै नेतृत्वमा शुक्रबार काठमाडौँमा प्रदर्शन हुँदैछ । राजावादीको प्रदर्शनका लागि काठमाडौँ प्रशासनले तिनकुनेको स्थान छुट्याएको छ ।
Advertisement
उक्त प्रदर्शन सफल बनाउने दायित्व सम्झिएको बताउँदै सुवेदीले आन्दोलनमा सहभागी हुन अपिल समेत गरेका छन् ।
शुक्रबार नै गणतन्त्र पक्षधरहरूले पनि काठमाडौँको भृकुटिमण्डपमा प्रदर्शन गर्दैछन् ।
दुई ठाउँमा प्रदर्शन हुने भएपछि प्रहरी प्रशासनले सुरक्षा सतर्कता बढाएको छ ।







