झापाको मेचीनगरमा अवस्थित चारआली साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले विश्व पानी दिवसको अवसर पारेर सामुदायिक विद्यालयमा नि:शुल्क धारा जडान गरिदिएको छ ।
संस्थाका अध्यक्ष राजन चिमरियासहितको टोलीले मेचीनगर-१३ मा अवस्थित शान्ति आधारभूत विद्यालयमा धारा जडान गरिएको हो ।
धारा जडान गरे वापतको धरौटी रकम १० हजार रुपैयाँ मिनाहा गरिएको खानेपानी संस्थाले जनाएको छ ।
Advertisement
विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न धारा जडान गरिएको अध्यक्ष चिमरियाले जानकारी दिए ।
विद्यालयमा धारा जडान गर्नका लागि सचिव प्रेमसागर घिमिरे, खानेपानी कार्यालयका कर्मचारी तथा प्राविधिक, इकाई समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।







