झापाको बिर्तामोड-७ मा अवस्थित सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूहको ९ औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।
समूहका अध्यक्ष बद्री प्याकुरेलको अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिचाई तथा उर्जामन्त्री एकराज कार्की रहेका थिए ।
उक्त अवसरमा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नं.७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुबास भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।
अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्याकुरेलले वनले कुल ३३ लाख ५४ हजार ५२८ आम्दानी गर्दा २२ लाख ८३ हजार ८५४ खर्च भएको बताए ।
सामुदायिक वनमा पर्यटकस्थल बनाउन धमाधम कामहरु भइरहेका छन् । केही समय अघि वनलाई संरक्षण गर्न श्रमदान मार्फत घेराबारा, सरसफाई, पोखरी निर्माण गर्ने, भुटानी शरणर्थी बसेको ठाउँमा रंगरोकन गर्नुका साथै संघिय सरकारबाट प्राप्त बजेटबाट हात्तीबाट जोगिन फेन्सि तारको व्यवस्था गर्दै वनलाई व्यवस्थित बनाउने काम गरिरहेको अध्यक्ष प्याकुरेलले बताए ।







