• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

स्थायी शिक्षकबाट राजीनामा दिएर इन्स्पेक्टर बनेका थापा बने आईजी


  •    संवाददाता/ सोमबार, चैत ०३, २०८१  

  • सरकारले प्रहरी महानिरीक्षक (आईजी)मा एआईजी दिपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजी बनाउने निर्णय गरेको हो । सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापाले आईजीको दौडमा बाजी मारेका हुन् ।

    Advertisement

    यो निर्णयसँगै थापाले करिब ८० हजार फौजको कमान्ड गर्नेछन् । देशको समग्र शान्ति सुरक्षा र अपराध अनुसन्धानको मुख्य जिम्मेवारी उनको काँधमा आइपुगेको छ ।

    Advertisement

    प्रहरीको ३१औं आईजी बनेका थापाको प्रहरी भर्ती निकै रोचक छ । ८ मंसिर २०२८ सालमा भक्तपुरमा जन्मिएका थापाले २०४३ सालमा १६ वर्षको उमेर एसएलसी उत्तिर्ण गरेका थिए । भक्तपुरबाटै उनले २०४६ सालमा आईए उत्तीर्ण गरे । आईए उत्तीर्ण हुँदा उनी भक्तपुर क्याम्पस टपर हुन् । २०४६ सालको आन्दोलनले यो वर्ष उनको पढाइ प्रभावित भयो । २०४९ सालमा बीए उत्तीर्ण हुँदा पनि उनले क्याम्पस टप गरेका थिए ।

    बीए उत्तीर्ण गरिसकेपछि थापाले निमाविको स्थायी शिक्षकमा नाम निकाले । त्यसपछि उनले कन्या मावि भक्तपुरमा गणित विषय पढाए ।

    भक्तपुरमा पहिल्यैदेखि आर्मी-प्रहरीमा भर्ति हुने कल्चर थियो । त्यतिबेला भक्तपुरका शम्भु थापा क्षेत्री प्रहरीको डीआईजीमै थिए । त्यतिबेला डीआईजी शम्भुकै छोरा शैलेश थापा क्षेत्री, प्रद्युम्न कार्की, सहकुल थापा लगायत इन्स्पेक्टरमा भर्ती भएका थिए ।

    दिपक थापाकै समकक्षी नमस कार्कीले उनीहरुसँगै इन्स्पेक्टरको परीक्षा दिए पनि उत्तीर्ण हुन सकेनन् । उनै कार्कीले इन्स्पेक्टर खुलेको छ, फर्म भर्नुपर्छ भन्दै थापालाई सुझाए । १० मंसिर २०५० सालमा इन्स्पेक्टरको फर्म खुलेको थियो । थापाले फर्म भरे । त्यही समयमा उनले लोकसेवाको समेत जाँच दिएका थिए । उनी सम्झन्छन्, ‘अधिकृतको सामाजिक विषयको जाँच दिएको थिएँ ।’

    लोकसेवाको एउटा जाँच दिइसकेको, इन्स्पेक्टरको फर्म भरिसकेको अवस्थामा थापाको बिहेको कुरा चल्यो । बीए पास भएको, शिक्षकको स्थायी जागिर पनि भएको घरको जेठोबाठो छोरो, उनी बिहेका लागि तयार भए । बिहेको लगन जुर्‍यो फागुनको २२ गते ।

    यो बीचमा थापासँगै फर्म भरेका ७३० जना आईक्यू र जीकेमा पास भइसकेका थिए । लिखित परीक्षाको मिति तोकियो २१, २२ र २३ फागुन २०५० मा । थापाको बिहे र इन्स्पेक्टरको परीक्षा जुध्यो । अब बिहे गर्ने कि, लोकसेवाको जाँच दिने कि, इन्स्पेक्टरको परीक्षा दिने, अन्योल पर्‍यो ।

    ‘बिहे सारौं, एकै पटक जेठमा लगन छ । जेठो छोरो, जेठमा बिहे गर्न मिलेन । जेठमा नहुने भएपछि मंसिरमा मात्रै लगन छ,’ थापा त्यतिबेलाको परिस्थिति स्मरण गर्छन्, ‘मंसिरसम्म झण्डै एक वर्ष नकुर्ने निधो भयो । अनि, इन्स्पेक्टरको परीक्षा हापेँ ।’

    हुनेवाला ससुराली पक्षबाट पनि शिक्षक राम्रै हो भनेपछि लोकसेवादेखि इन्स्पेक्टर माया मारेर उनी बिहेमा जुटे । सूर्यविनायकका थापाको जक्सन सूर्यविनायक चोक थियो । उनलाई इन्स्पेक्टरको फर्म भर्न सुझाउने नमस दाइ भेटिए सूर्यविनायकमा ।

    ‘बिहे त सकियो होला ? कता हो, के हो ? जाँच त सर्‍यो नि,’ नमसले थापालाई भने । बिहे गरेर जाँच छुटाएकाले जिस्क्याएको होला जस्तो उनलाई लाग्यो ।

    ‘मैले नपत्याएपछि उहाँले पर्सबाट सूचना निकालेर पढेर सुनाउनुभयो । विशेष कारणवश फागुनको २१, २२, २३ मा हुने परीक्षा चैतको ३, ४ र ५ का लागि सरेछ । त्यसपछि पढ्न सुरु गरियो । पछि नाम नै निस्कियो,’ थापा स्मरण गर्छन् ।

    उनलाई इन्स्पेक्टरको फर्म भर्नदेखि परीक्षाको सेड्युलसम्म दिने नमस भने अनुत्तीर्ण भए । उनी अहिले वरिष्ठ अधिवक्ता छन् ।

    २०५१ असारतिर लिखितको नतिजा प्रकाशित भयो । लिखित परीक्षामा १५३ जना पास भए । त्यतिबेला लिखित परीक्षा उत्तीर्ण भएपछि मात्रै बाधापार परीक्षा हुन्थ्यो । बाधापारपछि अन्तर्वार्तासम्म पुग्दा १३५ जना उत्तीर्ण भए । त्यसपछि १ सय जनाको अन्तिम सूची ५ मंसिर २०५१ मा सार्वजनिक भयो ।

    मामा नाता पर्नेले घरमा टेलिफोन गर्दै भान्जाको नाम निस्केको सुनाए । त्यसपछि मोटरसाइकल कुदाउँदै सूचना हेर्न थापा नक्साल हेडक्वार्टरको पुगे । १ सय जनाको अन्तिम सूचीमध्ये ५५औं नम्बरमा थिए, अहिलेका आईजी दिपक थापा ।

    सूचनामा लेखिएको थियो, १ देखि ६० सम्म पहिलो लट, ६१ देखि १०० सम्मा दोस्रो लटमा तालिम गराइने । पहिलो समूहमा उत्र्तीण हुनेहरुलाई २ माघ २०५१ सम्पर्क हुन आउनु भनिएको थियो । स्थायी जागिर वा नियुक्ति भए राजीनामा गरेर मात्रै जानुपर्ने थियो ।

    इन्स्पेक्टरको तालिममा सहभागी हुने निश्चित गरेर थापाले कन्या माविको स्थायी शिक्षकको जागिरबाट राजीनामा दिए । तर माघ सकियो, फागुन सकियो, भर्ना लिइएन । ५ चैत २०५१ मा आएर १ देखि ५३ नम्बरसम्मलाई भर्ना लिइयो । विशेष कोटा भनेर गुप्तचरबाट आएका दुई जना गरी ५५ जनालाई तालिममा पठाइयो । तर ५५औं नम्बरमा रहेका थापा छुटे ।

    अहिले अवकाशमा गएका आईजी बसन्तबहादुर कुँवरसँगै सिटरोल भरेका थापाको शिक्षकको जागिर पनि गुम्यो । न यता इन्स्पेक्टरमा लियो । यो समय थापालाई निकै छटपटी भयो ।

    ‘अघिसम्म यो जागिर खाउँ कि त्यो खाउँ भन्ने थियो । एकाएक केही पनि छैन । तनाव त हुने भइहाल्यो,’ थापा सुनाउँछन् ।

    यहीबीचमा आफूले पढाएको विद्यालयका प्रधानाध्यापकसँग उनको भेट भयो । ‘तपाईं त इन्स्पेक्टर भएर जानुभएको हैन, फेरि किन यता घुमिराख्नुभएको छ?,’ हेडमास्टरको स्वभाविक प्रश्न थापामाथि तेर्सियो ।

    थापाले फिल्डदेखि नीति निर्माण तहसम्म बसेर काम गरेका छन् । गृह प्रशासन सुधार कार्ययोजना र नेपाल प्रहरीको कार्ययोजना अनुसार सवारी दुर्घटना न्यूनीकरण गर्न रिफ्रेस सेन्टरको स्थानमा उनको भूमिका मुख्य थियो ।

    ‘त्यसो भए तपाईंकै पद खाली छ । म नियुक्ति दिलाउँछु, पढाउन आउनूस्,’ हेडमास्टरको यो प्रस्तावमा थापाले सहमति जनाए ।

    ‘निमावि स्थायी शिक्षक दिपक थापाले राजीनामा दिई रिक्त पदमा तपाईं फलानाको नाति, फलानाका छोरा दिपक थापालाई अस्थायी निमावि शिक्षकका रुपमा नियुक्त गरिएको छ,’ भन्ने ब्यहोराको नियुक्तपत्र थापाले बुझे ।

    आफैंले राजीनामा दिएको पदमा फेरि आफैं अस्थायी नियुक्ति भएको यो पत्र अहिले पनि आफ्नो दराजमा सुरक्षित रहेको उनी बताउँछन् ।

    बिहान स्नाकोत्तकर पढ्न जाने, दिउँसो स्कुल पढाउने क्रम चल्दै थियो । भीम ढकाल (हाल एआईजीबाट अवकाश थापाका ब्याची)ले १९ भदौ २०५१ मा स्कुलमा फोन गरेर मन्त्रिपरिषद्बाट निर्णय भएकाले भोलि नियुक्त बुझ्न आउनू भनेर खबर गरे । भक्तपुरबाट ट्रली बस चढेर गृह मन्त्रालय पुगी उनले २० भदौमा नियुक्ति बुझे । थापासँगै अहिलेका एआईजी सुदीप गिरी, टेकबहादुर तामाङ र भीम ढकालले त्यतिबेला नियुक्तपत्र बुझेका थिए । त्यसको तीन दिनपछि उनीहरु तालिममा खटिए ।

    १८ महिना इन्स्पेक्टरको बेसिक तालिम सकेपछि थापाले इन्स्पेक्टर दर्जामै विभिन्न ठाउँको कमान्ड सम्हाले । इलाका प्रहरी कार्यालय बनेपा, इलाका प्रहरी कार्यालय गरुडा, रौतहटको प्रमुख भएर काम गरे । नेपाल प्रहरी स्कुल साँगा, प्रहरी स्कुल दिपायलमा पनि काम गरेको अनुभव थापासँग छ । द्वन्द्वको समयमा उनले इलाका प्रहरी कार्यालय मैकोट रुकुममा रहेर काम गरेका थिए । इलाका प्रहरी कार्यालय कात्तिके देउरालीमा पनि थापाले इन्चार्ज भएर काम गरे । इन्स्पेक्टर दर्जामै हेडक्वार्टरको कर्मचारी शाखामा रहेर काम गरेको अनुभव उनीसँग छ । अनलाइन खबरबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.