दुई दिनअघि पिकअपको ठक्करबाट घाइते भएका झापा शिवसताक्षी-९ का बालकको उपचारका क्रममा मृत्यु भएको छ ।
आज दिउँसो २:०५ बजे १२ वर्षीय आदर्श खनालको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
चैत १ गते साँझ ५ बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दुधे चौक नजिक भित्री सडकखण्डमा दुधेबाट शिवगंजतर्फ जाँदै गरेको प्र १-०१-००१च ८९५० नम्बरको पिकअपले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री शिवसताक्षी नगरपालिका-९ बस्ने फणिन्द्र खनालका छोरा आदर्शलाई ठक्कर दिएको थियो ।
Advertisement
गंभीर घाइते आदर्शलाई बीएण्डसी अस्पताल लगिएको थियो भने दुर्घटनापछि पिकअप चालक फरार भएका थिए । फरार रहेका पिकअप चालक शिवसताक्षी-११ बस्ने २७ वर्षीय सागर भनिने सिटु पोद्धारलाई पछि प्रहरीले नियन्त्रणमा लिएको छ ।







