प्रेस चौतारी नेपाल झापामा स्थापित पत्रकार उपचार सहयोग कोषका परिकल्पनाकार तथा पूर्व जिल्ला अध्यक्ष गोपाल काफ्लेले आफ्नो जन्मदिनमा चौतारीको कार्यालय प्रयोजनार्थ एक सेट सिलिङ पंखा प्रदान गरेका छन् ।
प्रेस चौतारी झापाका उपाध्यक्ष सुनिरा मैनालीको अध्यक्षता तथा केन्द्रीय सदस्य भिमा सिवाकोटीको प्रमुख आतिथ्यमा शनिबार आयोजित संक्षिप्त कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य समेत रहेका पत्रकार काफ्लेले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
सोही अवसरमा पत्रकार काफ्लेले आफू जन्मिएदेखि हिजोसम्म व्यतित गरेका हरेक दिनको एक रुपैयाँका दरले हुन आउने रकम १८ हजार ९८० रुपैयाँ पत्रकार उपचार सहयोग कोषमा प्रदान गर्ने घोषणा पनि गरेका छन् ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, कोशी प्रदेश समितिका सदस्य राजकुमार ओली, पत्रकार महासंघ झापाका सहसचिव रमेश तिवारी, जिल्ला सदस्य भरत प्रसाई, अस्मिता साँखी, कबिचन्द्र गुरागाइँ र रवीकरण वान्तवाको उपस्थिति थियो ।







