• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

इच्छाविपरीत रंग नदल्न आग्रह, जबरजस्ती गरे कारबाही


  •    संवाददाता/ शुक्रबार, फागुन ३०, २०८१  

  • झापा प्रहरीले होली पर्व मनाउने क्रममा इच्छाविपरित कसैलाई बाधा पुग्ने गरी रंग नलगाउन आग्रह गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाले १३ बुँदे अपिल जारी गर्दै इच्छाबिपरीत रंग दल्ने र फोहोर पानीको लोला हान्ने काम गरे कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

    Advertisement

    प्रहरीले महिला तथा अपरिचित व्यक्तिहरूसँग मन्जुरीबिना जबरजस्ती होली नखेल्न, बालबालिकाहरूलाई होली खेल्ने, खेलाउने र लोला हान्ने कार्यमा प्रयोग नगर्न, घरको छतबाट लोला हान्ने, रंग छ्याप्ने, फोहोर पानी फाल्ने लगायतका कार्य नगर्न, छतमा होली खेल्दा घरको छतबाट लडी घाइते एवं मृत्यु समेत हुन सक्ने भएकाले ख्याल गर्न, होली मनाउँदै जथाभाबी लोला हान्दा यसले आपसी झैँ-झगडा बढाउने र अप्रिय घटनाहरू समेत निम्त्याउन सक्ने तथा लोला लागेर मान्छेहरू घाइते समेत हुन सक्ने हुँदा सभ्य तरिकाले होली मनाउन आग्रह गरिएको छ ।

    Advertisement

    त्यस्तै इच्छा नभएका र अलग उद्देश्य लिएर काममा हिँडेका व्यक्तिहरूलाई जथाभाबी रंग दल्ने,फोहोर पानीको लोला हान्ने काम नगर्न, होली पर्व मनाउने बहानामा मदिरा तथा नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन, होली खेल्ने बहानामा जथाभाबी भिडभाड नगर्न, अनुशासित मर्यादित तथा व्यवस्थित तवरले होली पर्व मनाउन, होली खेल्ने बहानामा चोरी, लुटपाटजस्ता कार्यहरू समेत हुन सक्ने भएको हुँदा आफूले बोकेको पर्स, मोबाइल, आफूले लगाएको गरगहना सुरक्षित राख्न आग्रह गरेको छ ।

    प्रहरी कार्यालयले गाउँघर, छरछिमेकमा कुनै पनि किसिमका घटना घटेमा जानकारी गराउन अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.