झापाको बिर्तामोड-३ मा सञ्चालित लिङ्कन मन्टेश्वरी स्कुलले होली मिलन कार्यक्रम गरेको छ ।
आज विद्यालय प्राङ्गणमै लिङ्कनले साना बालबालिकाहरूसँग होली मिलन कार्यक्रम आयोजना गरेको हो ।
बालबालिकाहरूलाई संस्कृतिसँग जोड्न र होली रङ्गहरूको पर्व हो भन्ने भावलाई बुझाउनका लागि कार्यक्रम आयोजना गरिएको विद्यालयका सञ्चालक सरोज पौडेल बताए ।
अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, कर्मचारी लगायतको सहभागितामा होली मिलन कार्यक्रम आयोजना गरिएको हो ।
बालबालिकालाई समय समयमा होलि अलवा दशैं, तिहार, छठसहित अन्य पर्वहरूको बारेमा जानकारी गराउँदै विद्यालयमै कार्यक्रम आयोजना गर्ने गरेको छ ।
बर्सेनी आउने चाडपर्वलाई एकआपसमा रङ दलेर भाइचारा साटासाट गर्ने पर्वको रुपमा लिने होलीको महत्व बुझाउन पनि कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयमा हाल पिजी, नर्सरी, एलकेजी युकेजीमा ५० जना विद्यार्थी रहेका छन् । वि.सं.२०७३ सालमा स्थापित विद्यालयमा कर्मचारी र शिक्षक गरेर आठ जना कार्यरत रहेका छन् । लिङ्कन बालमैत्री विद्यालय हो ।







