साथी संगी महिला उपभोक्ता समूहको आयोजना तथा अर्जुनधारा नगरपालिका-८ नं वडा कार्यालयको प्राविधिक सहयोगमा सात दिवसीय ब्याग सिलाई तथा बुनाई प्रशिक्षण सम्पन्न भएको छ ।
साथी संगी महिला उपभोक्ता समूहकी अध्यक्ष पुष्पा उप्रेती संग्रौलाको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा-८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले मन्तब्य राख्दै सम्पूर्ण महिला दिदी बहिनीहरुले अब कुनै न कुनै सीप सिक्न जरुरी रहेको बताए ।
महिलाहरु चट्टान हुन् जसले विभिन्न प्रकारका चोट सहेर पनि सुन्दर मूर्ति बन्न सक्नुपर्ने भन्दै त्यसकारण अबको युगमा महिलाहरुमा कुनै न कुनै सीप हुन जरुरी रहेको उनले बताए ।
Advertisement
उक्त अवसरमा प्रशिक्षार्थी लिला नेपाल चापागाईँले सिकाई मन्तव्य राखेकी थिइन् भने स्वागत गंगादेवी कट्वाल तथा कार्यक्रमको सञ्चालन भद्रिमाया बिष्टले गरेकी थिइन् ।







