• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा प्रविधिको प्रयोग गरेर धान रोपिँदै


  •    संवाददाता/ बिहिबार, फागुन ०८, २०८१  

  • झापाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ विगाह जमिनमा यस वर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ ।

    परम्परागत खेती भन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादन समेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकिकरण प्रदर्शन कार्यक्रम अन्तर्गत मेशिनबाट चैते धान रोपाइँ (प्रविधि प्रदर्शन) गर्न लागेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार स्थानीय पालिकाहरुको सहयोगमा कृषक समूहरुको छनौट गरी केन्द्रले धमाधम हर्दिनाथ-१ चैते धानको ब्याड राख्न सुरु गरेको छ । छनौटमा गौरीगञ्ज गाउँपालिका-९ को स्यालडाँगी उद्यमशील कृषक समूह, गौरादह नगरपालिका-९ को अजम्बरी कृषक समूह, शिवसताक्षी नगरपालिका-३ को विनायक कृषक समूह र कमल गाउँपालिका-१ को पिपलगाँछी कृषक समूह परेको उनले जानकारी दिए ।

    Advertisement

    यसैगरी बुद्धशान्ति गाउँपालिका-३ को दिपज्योति कृषक समूह, अर्जुनधारा नगरपालिका-३ स्थित सिर्जना कृषक समूह, भद्रपुर नगरपालिका-३ को आपगाछी कृषि तथा पशुपालन फार्म र हल्दिबारी गाउँपालिका-४ स्थित अमराघुट्टु कृषक समूह अन्तरगत कृषियन्त्र प्रयोग प्रदर्शन गरिने भएको छ ।

    उनले नेपाल बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित एनएमसी कृषि फार्मसँग भाडामा लिएर कृषि उपकरण किसानलाई नि:शुल्क उपलब्ध गराइएको बताए । उनले प्रत्येक कृषक समूहलाई छ विगाहको दरले सो धान खेती गराउने जानकारी दिए ।

    उनले कृषक समूहलाई नि:शुल्क धानको बीउ, ब्याड राख्ने ट्रे र धान रोप्ने मेसिन उपलब्ध गराइएको बताए । प्रमुख विष्टले मल, खनजोत र बालीको रेखदेख किसान स्वयम्ले गर्नुपर्ने बताउँदै ट्रेमा राखिएको विउ मर्न थालेमा आवश्यकता अनुसार विषादिसमेत नि:शुल्क उपलब्ध गराउने बताएका छन् ।

    उनले तोएिका समूहमध्ये अधिकांशले ब्याड राख्ने काम गरिरहेको बताए । १५० वटा ट्रेमा उमारिएको विउले एक विगाह जमिनलाई पुग्ने र यो धान विउ राखेको दिनदेखि १२० दिनमा पाक्ने उनको भनाई छ । केन्द्रका अनुसार धानको विउ राखेको २५ दिनमै खेतमा राप्ने सकिने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.