झापाको बिर्तामोड-७ विरानमा अवस्थित लक्ष्मी आधारभूत विद्यालयले ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा विद्यालयले खेल सप्ताहको आयोजना गरेको थियो । प्रतियोगितामा विजयी विद्यार्थी तथा उत्कृष्ट विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.७ का वडाध्यक्ष कष्ण अविरल खरेलले पुरस्कार वितरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेदनीप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा दिर्घ शिक्षक सम्मानबाट प्रावि प्रथम श्रेणीका हरीप्रसाद सुवेदी र प्रावि द्धितिय श्रेणीका विष्णुप्रसाद भट्टराईलाई सम्मान गरिएको छ ।
प्रधानाध्यापक गेहनाथ लामिछानेले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा वर्ष उत्कृष्ट विद्यार्थीका रुपमा कक्षा ८ की सानिया खातुनलाई सम्मान गरिएको थियो ।
विभिन्न विद्यार्थीहरुले तयार पारेको नृत्य, गायन प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष खरेल, बिर्तामोड नगरपालिका शिक्षा तथा खेलकुद शाखाका अधिकृत जानुका रेग्मी, विद्यालयका अग्रज शिक्षक रत्नकुमार श्रेष्ठ लगायतले आ-आफ्ना धारणा राखेका थिए ।
सहायक प्रधानाध्यापक अनिता शिवाकोटीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक केशव उप्रेतीले गरेका थिए ।







