• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

माधव संस्कृत विद्याश्रममा श्रीम‌‌द्भागवत सप्ताह ज्ञानमहायज्ञ हुँदै


  •    संवाददाता/ बिहिबार, फागुन ०१, २०८१  

  • माधव संस्कृत विद्याश्रम एवं माधवेश्वर शिव पाञ्चायतन मन्दिरमा श्रीम‌‌द्भागवत सप्ताह एवं धनधान्याचल विराट ज्ञानमहायज्ञ आयोजना हुने भएको छ ।

    झापाको मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीमा अवस्थित विद्याश्रममा आगामी फाल्गुन ७ गतेदेखि १४ गतेसम्म सङ्गितमय महायज्ञ हुने भएको हो ।

    Advertisement

    उक्त सप्ताह ज्ञान महायज्ञ सम्पन्न गर्न मन्दिरका अध्यक्ष तिलकप्रसाद गिरीको अध्यक्षतामा १०१ सदस्यीय मुल आयोजक समिति र १५ वटा उपसमिति गठन गरिएको विद्याश्रमका प्राचार्य पुण्यप्रसाद रिजालले जानकारी दिए ।

    Advertisement

    उक्त अनुष्ठानमा युवा पण्डित हरिकृष्ण भण्डारीको कथावाचन तथा पण्डित कुलशेखर खतिवडाबाट मुल पाठ पारायण रहने प्रचारप्रसार उपसमितिका संयोजक यामनाथ बरालले बताए ।

    श्री १००८ प्रा.डा.पुरुषोत्तमाचार्य स्वामीजी महाराजले उद्घाटन गर्ने महायज्ञमा अनुष्ठान अवधिभर कथा प्रवचन, महात्म्य, ज्ञानमन्च, संगित्मय भजन, सम्मान, विविध झाँकी प्रस्तुत गरिने प्रचारप्रसार समितिका सहसंयोजक नेत्रप्रसाद मिश्रले जानकारी दिए ।

    संस्थापक साना गुरुजी एवम् जग्गादाता माधवप्रसाद भण्डारीले गुरुकुल स्थापनाका लागि साढे ३ कठ्ठा जग्गा दिएका थिए । विद्यालयलाई महर्षि फाउन्डेसन र मेचीनगर नगरपालिकाले सहयोग गर्दै आएको जनाइएको छ ।

    गुरुकुल क्षेत्रका ८०५ घरबाट बटुकहरुले प्रत्येक महिना मुष्ठी दान संकलन गर्दै आएका छन् । मुष्ठिदाता सदस्यहरुबाट संकलित मुष्ठिदानबाट बटुकहरुको भोजनको प्रबन्ध गरिने गरिएको प्रचारप्रसार समितिका सहसंयोजक प्रेमप्रसाद घिमिरेले बताए ।

    गुरुकुलमा रहेका बटुकहरुका लागि नि:शुल्क भोजन, आवास एवम् पठनपाठन सञ्चालन गर्न, अक्षयकोष वृद्धि गर्न, निर्माणाधिन भवन र गुरुकुलको स्तरोन्नति गर्ने उद्देश्यका साथ पुराण आयोजन गर्न लागिएको आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए ।

    गुरुकुल वि.सं.२०३९ सालमा स्थापना भएता पनि वि.सं.२०५५ सालमा विधिवत रुपमा दर्ता भएसँगै गुरुकुलको गरिमा उच्च बन्दै गएको र हाल ४० जना भन्दा बढी बटुकहरु अध्ययन गरिरहेका गिरीले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.