• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

संस्थापक प्रिन्सिपलकै छोरीबाट विद्यार्थीको गालामा तातो पन्युले डामियो


  •    संवाददाता/ बिहिबार, फागुन ०१, २०८१  

  • तनहुँको भीमाद नगरपालिका-६ मा रहेको प्रभात एकेडेमी बोर्डिङ स्कुलकी लेखापाल सुष्मा श्रेष्ठले पन्यु तताएर विद्यार्थीको गालामा डामेर यातना दिएकी छिन् ।

    विद्यालयका संस्थापक प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरी समेत रहेकी लेखापाल श्रेष्ठले जिस्क्याएको तथा हल्ला गरेको भन्दै चार जना विद्यार्थीको गालामा तातो पन्युले डामेकी हुन् । विद्यालय सञ्चालक तथा प्रिन्सिपलकै छोरीबाट भएको यस्तो अमानवीय कामको अभिभावक तथा विद्यार्थीले चर्को आलोचना गरिरहेका छन् ।

    Advertisement

    आफ्नो प्रिन्सिपल बुबा उपस्थित नभएर विद्यालयकै ‘कमान्ड’ सम्हालेकी श्रेष्ठले घरबाटै पन्यु ल्याई तताएर विद्यार्थीलाई डामेकी थिइन् । डामिएका विद्यार्थी सबै १० वर्ष उमेरका छन् । आफ्ना बच्चाहरूलाई विद्यालयमा पन्यु तताएर यातना दिइएपछि अभिभावक मुर्छित बन्न पुगेको पीडित विद्यार्थीका आमा विष्णु परियारले बताइन् ।

    Advertisement

    विद्यालय स्रोतका अनुसार शिक्षिका र बालकहरू छिमेकी हुन् । विद्यालय जाँदा-आउँदासँगै हुने र बच्चाहरूले लेखापाल श्रेष्ठलाई जिस्क्याउने गर्थे । बच्चाहरूले जिस्क्याउँदै ‘काली’, ‘च्याखुरी मिस’ जस्ता शब्दहरू भन्ने गरेको भन्दै उनले घरबाटै पन्यु ल्याएर तताएर डामेको एक शिक्षकले बताए ।

    अवोध बालकले मुख लगायो, हल्ला गर्‍यो भनेर पन्यु तताएर गाला डाम्नु बर्बर यातना भएको अभिभावकले बताइरहेका छन् । गाला डामिएका बच्चाका अभिभावक आर्पन सिर्जन घलेले विद्यालयमा जघन्य अपराध भएको गुनासो गरे । दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग अभिभावकको छ । तर, पीडित परिवारले अझै किटानी जाहेरी दिन सकिरहेका छैनन् । अझै पनि त्यही विद्यालयमा विद्यार्थी पढाउनुपर्ने, आफ्नै छिमेकीसमेत रहेको समाजमा प्रभावसमेत पार्न सक्ने व्यक्ति भएकाले जाहेरी दिन डराइरहेको एक अभिभावकले बताए । अभिभावक घलेले यस्तो निर्मम विषयमा राजनीति घुसाएर थामथुम पार्ने कार्य हुन सक्ने आशंकासमेत व्यक्त गरेका छन् ।

    राजनीतिक शक्ति प्रयोग गरेर मिलाउन खोजे आफूहरू न्यायालयकै ढोका ढकढक्याउने उनीहरुको भनाइ छ । पीडितबाट जाहेरी परिनसकेको भए पनि विद्यालयलाई पन्यु तताएर डाम्ने शिक्षिकालाई भने समातिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख इन्स्पेक्टर पोषण थापाले जानकारी दिए ।

    घरबाटै पन्यु ल्याएर तताएर डाम्नका लागि केही समय आवश्यक पर्ने भएकाले हल्ला गरेको वा जिस्क्याएका कारण विद्यालयमा तत्काल हुने कारबाहीजस्तो नदेखिएको र तयारीकै साथ डामिएको देखिएको छ ।

    ‘पीडित अभिभावक र विद्यालयको तर्फबाट पनि कार्यालयमा आउनु भएको छ । हामीले शिक्षिकालाई पक्राउ गरेका छौं,’ इन्स्पेक्टर थापाले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ ।’

    भीमाद नगरपालिकाका मेयर दधिराज सुवेदीले घटनाबारे अनुसन्धान गर्नका लागि एउटा कार्यदल नै गठन गर्ने तयारी रहेको बताए । शिक्षा शाखा प्रमुख सन्दीप पौडेलको संयोजकत्वमा अध्ययन कार्यदल बनाउने तयारी भइरहेको मेयर सुवेदीको भनाइ छ ।

    घटनाको प्रकृति हेर्दा तयारीका साथ डामिएकै देखिने मेयर सुवेदीले बताए । ‘अभिभावक प्रहरीकोमा जानुभएको छ । प्रहरीबाट पनि कानुनी कारबाहीको प्रक्रिया सुरु हुन्छ र नगरपालिकाको तर्फबाट पनि अध्ययनका लागि कार्यदल बनाउँछौं,’ मेयर सुवेदीले भने, ‘ती बालक र शिक्षिकासमेत रहेकी सञ्चालकको छोरी जाने आउने क्रममा जिस्क्याउने गरेको बताइएको छ । तर तयारीका साथ नै घटना घटेको बुझिन्छ ।’

    घटना सार्वजनिक भएपछि विभिन्न विद्यार्थी संगठनले त्यसको विरोध गरेका छन् भने मेयर सुवेदीसँग विद्यालयहरूमा हुने कारबाहीको अनुगमन तथा कारबाहीका लागि समेत माग गरेका छन् । केही विद्यार्थी र अभिभावकले भीमाद बजारमा घटनाको विरोधमा र्‍यालीसमेत गरेका छन् । अनलाइन खबरबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.