• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सञ्चारकर्मी भण्डारीले कथाप्रवचन गर्ने


  •    संवाददाता/ सोमबार, माघ २८, २०८१  

  • झापाको मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीका सञ्चारकर्मी हरिकृष्ण भण्डारीको नामको अघि अब पण्डित उपाधि थपिएको छ । भण्डारी श्रीमद्भागवतको कथावाचकको रुपमा उदाउँदै छन् ।

    गुरुकुल शिक्षाबाट आफ्नो अध्ययन सुरु गरेका पण्डित भण्डारीले सानै उमेरदेखि घरको सिमानामा जोडिएको श्री माधव संस्कृत विद्याश्रममा अध्ययन गरे । प्रारम्भिक अध्ययन संस्कृतबाट सुरु गरेका भण्डारीले विज्ञानको समेत गहन अध्ययन गरी काठमाडौँस्थित बैंकटेस मन्दिरको गुरुकूलमा भागवत अध्ययन पूरा गरेका हुन् ।

    Advertisement

    उनी आध्यात्मिक परिवारमा हुर्किए । माधव संस्कृत विद्याश्रम उनकै हजुरबुवा माधवप्रसाद (साना गुरुजी) ले स्थापना गरेका हुन् । २६ वर्षीय पण्डित भण्डारी सुमधुर स्वरका धनी छन्, उनको वाककला सुन्न लायक छ । हसिलो मुहार र प्रभावशाली वाककलाले उनको कथावाचन श्रवणीय हुने बताइन्छ ।

    Advertisement

    यही फागुन ७ गतेदेखि १४ गतेसम्म सहरेडाँगीस्थित माधव संस्कृत विद्याश्रममा आयोजना हुने श्रीमद्भागवत सप्ताह एवं धनधाञ्याचल विराट् ज्ञान महायज्ञमा उनले पहिलो पटक कथावाचन गर्दै छन् ।

    वि.सं.२०७१ सालमा झापाको धुलाबारी स्थित रेडियो सरगममा कार्यक्रम सञ्चालन सुरु गरेर पत्रकारितामा प्रवेश गरेका भण्डारीले करिब १० बर्षे पत्रकारिता पछि अब नयाँ गन्तब्य तय गरेका छन् ।

    संस्कृतको प्रारम्भिक अध्ययन माधव संस्कृत गुरुकुलबाटै गरेका भण्डारीले विज्ञानको समेत गहन अध्ययन गरि भारतको सम्पुर्णानन्द विश्वविद्यालयमा व्याकरण विषय लिई आचार्य (स्नाकोत्तर) अध्ययनरत छन् । कुशाग्र बुद्धि भएका भण्डारीले सयौँ संघसंस्था, विद्यालय लगायत क्षेत्रमा वेद र विज्ञानलाई समेटी समन्वयात्मक उत्प्रेरणामुलक प्रशिक्षण दिई छुट्टै पहिचान समेत बनाईसकेका छन् । कथा वाचनको क्षेत्रमा समाजले नवीन पन खोजी रहेको परिप्रेक्षमा वेद र विज्ञान बुझेका भण्डारीको कथा वाचनबाट नयाँ आयाम आउने संकेत छ ।

    हरेक विषयलाई विभिन्न उदाहरण प्रस्तुत गरेर बुझाउन सहज बनाउन सक्ने खुबीका कारण पनि भण्डारीलाई पुराणको कथा वाचनमा लोकप्रिय हुने उनलाई जान्नेहरु बताउँछन् । उनले आमसञ्चार र पत्रकारिता विषयमा स्नातक तहको अध्ययन समेत पूरा गरेका छन् । ध्यान र योगमा समेत गहिरो रुची राख्ने पण्डित भण्डारीले आफ्नो नयाँ यात्रामा सबैको साथ सहयोगको अपेक्षा गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.