काठमाडौँको दक्षिणकाली नगरपालिका-४ मा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ ।
दुर्घटनामा परी घाइते भएका मध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्कुल बसका चालक दक्षिणकाली नगरपालिका-४ घर भएका ३५ वर्षीय रामकृष्ण थापा मगर र सोही ठाउँका ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेका छन् । थापामगरको नगर अस्पताल दक्षिणकालीमा र श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
बा१क ५६६४ नम्बरको जुनकिरी स्कुलको बस आइतबार साढे ३ बजे सडकबाट १०० मिटर तल खस्दा ४१ जना घाइते भएका छन् । घाइतेहरूको काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार वयोदा अस्पतामा पाँच, नगर अस्पताल दक्षिणकालीमा तीन, कीर्तिपुर अस्पतालमा पाँच, शहीद अस्पतालमा तीन, ट्रमा सेन्टरमा १२, मेडिसिटी अस्पतालमा सात, मनमोहन अस्पतालमा पाँच र नर्भिक अस्पतालमा एक उना घाइतेहरूको उपचार भइरहेको छ ।







