बिर्तामोडमा जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम थप गरिएको छ ।
गत माघ ८ गतेदेखि १९ गतेसम्मका लागि महोत्सव सञ्चालन गरिएको भएपनि दुई दिनका लागि समय थप गरिएको हो ।
व्यवसाय प्रर्वद्धनसँगै सुस्ताएको बजारलाई चलायमान बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव आयोजना गरिएको हो ।
Advertisement
बिर्तामोड-५ स्थित धर्मकाटा रोडमा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवको समय दुई दिन थप भएसँगै महोत्सव २१ गतेसम्म सञ्चालन हुने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।
अपरान्ह ४ वजेसम्म महोत्सव स्थल प्रवेशलाई नि:शुल्क बनाइएको छ । हरेक दिन साँझ स्थानीय कलाकारको प्रस्तुति रहने गरेको छ भने रात्रीकालिन समयमा राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति रहने गरेको छ । आज साँझ राष्ट्रिय कमल खत्रीको प्रस्तुति रहेको छ ।







