झापाको दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ ।
आज दिउँसो १:१५ बजेदेखि दमक-६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब सय जनाको उपस्थितिमा सडकको् बीच भागमा टायर बाली अवरोध गर्न खोजेका थिए । त्यसक्रममा प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा बन्दकर्ताहरुले प्रहरीमाथि ढुंगा हानेका थिए ।
ढुंगा प्रहारबाट मे १ च ५१६१ नं.को स्कोरपियोसहित केही सवारी साधनमा क्षति पुगेको छ । झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन तीन सेल अश्रुग्यास प्रहार गरेको छ भने केही बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक लगेको छ । त्यहाँको स्थिति तनावग्रस्त बनेको थियो ।
Advertisement
यसअघि बिहान आकाशे पुलमा भेला भई बन्द गराउन खोज्दा प्रहरीले तीन जना बन्दकर्तालाई पक्राउ गरेको थियो ।







