आफ्नै नाबालिका छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड-९ का निरकुमार विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
१५ वर्षीया छोरी स्वस्तिका विष्टलाई निर्घात कुटपिट गर्ने बिर्तामोड-९ का अन्दाजी ४५ वर्षका प्रकाश भनिने निरकुमार विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।
साथीसँग घुम्न हिडेकी भन्दै विष्टले छोरीलाई कोठा थुनेर पिलासले टाउको फुटाइदिएका छन् भने भाटाले तिघ्रा, ढाड र हातमा निलडाम हुने गरी निर्घात कुटपिट गरेका छन् । आफू घरबाहिर भएका बेला श्रीमानले छोरीलाई निर्घात कुटपिट गरेपछि प्रहरी बोलाएर पक्राउ गर्न लगाएको विष्टकी श्रीमती रेनुका विष्टले बताइन् ।
Advertisement
उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । विष्टलाई पक्राउ गरी राखिएपनि आजसम्म जाहेरी नपरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक सन्तोष राईले बताए ।







