हल्दिबारीमा अवस्थित न्यू स्टार इङ्गलिस स्कुलमा नि:शुल्क आँखा तथा कान जाँच शिविर विद्यालय परिसरमा सम्पन्न भएको छ ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धनकुमार दंगालको अध्यक्षतामा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि हल्दिबारी गाउँपालिका वडा नं.५ का वडाध्यक्ष खड्ग लावती रहेका थिए ।
कार्यक्रममा आँखा विशेषज्ञ कविन्द्र राजवंशी, आँखा प्राविधिक भाष्कर उप्रेती, कृष्ण सागर अङ्ग्रेजी विद्यालयका प्रिन्सिपल नितेश खरेल, सञ्चारकर्मी तथा सामाजिक अभियान्ता अभिषेक खतिवडा, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
नव दृष्टि आँखा जाँच तथा चश्मा घर राजगढको प्राविधिक सहयोगमा सञ्चालन भएको कार्यक्रममा ३१० जना लाभान्वित भएको आयोजकले जनाएको छ । जसमा २३ जनालाई कान र दुई जनालाई आँखाको समस्या देखेर रिफर गरिएको छ ।
विद्यालयका प्रिन्सिपल याम दंगालले स्वागत गरेका कार्यक्रमको सञ्चालन बिष्णु दंगालले गरेका थिए ।







