झापाको मेचीनगर-१० मा अवस्थित प्रगतिशील युवा क्लबले शहिद दिवस मनाएको छ ।
मेचीनगर नगरपालिका वडा नं.१५ ज्यामिरगढीमा रहेको शहिद विरेन स्मृति प्रतिष्ठानमा एक कार्यक्रम आयोजना गर्दै क्लबले शहिद दिवस मनाएको हो ।
क्ल्बका अध्यक्ष विशाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका सामाजिक विकास शाखा संयोजक हृदय राजवंशी रहेका थिए ।
उक्त अवसरमा शहिद विरेन राजवंशीको शालिकमा माल्यार्पण गर्नुका साथै शहिद विरेन राजवंशीका छोरा नेत्र राजवंशीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका सामाजिक विकास शाखा संयोजक राजवंशी, धुलाबारी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष भिमबहादुर खबास, मेचीनगर-१५ का वडाध्यक्ष गुणराज भट्टराई, प्रतिष्ठानका अध्यक्ष पदमलाल गौतम लगायतले आ-आफ्ना धारणा राखेका थिए ।
उक्त कार्यक्रममा समाजसेवी, शिक्षाप्रेमी, राजनीतिक व्यक्तित्व, शहिद परिवारका सदस्य, सञ्चारकर्मी, क्लबका पदाधिकारी तथा सदस्य लगायतको सहभागिता रहेको थियो ।
क्लबका सदस्य नवीन राजवंशीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव करुणा पोखरेलले गरेकी थिइन् ।
स्व=बुबाआमा कुशलसिंह र सनासरी राजवंशीको कोखबाट वि.सं.१९९८ माघ १ गते मथुरबाडीमा जन्मेका शहिद विरेनले वि.सं.२०२९ फाल्गुन २१ गते सुखानीमा सहादत प्राप्त गरेका थिए ।







