बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड-३ स्थित लिङ्कन मोन्टेश्वरीले सरस्वतीको पूजाको अवसरमा नि:शुल्क भर्ना अभियान सञ्चालन गर्ने भएको छ ।
माघ २१ गते सरस्वती पूजाको अवसरमा अक्षराम्भ कार्यक्रम राखिएको र त्यस अवसरमा नानीबाबुहरुलाई नि:शुल्क भर्ना गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले जानकारी दिए ।
उनले त्यस अवसरमा आफ्ना नानीबाबुहरुलाई अक्षराम्भ गराउँदै नि:शुल्क भर्नाको मौका लिन अभिभावकहरुलाई आग्रह गरेका छन् । यो सुविधा माघको तेस्रो हप्तादेखि चैतको पहिलो हप्तासम्म रहने विद्यालयले जनाएको छ ।
उक्त मोन्टेश्वरीमा पीजीदेखि युकेजीसम्म पढाइ हुने गरेको छ । सुसंस्कारसहित बाल मनोविज्ञानका आधारमा पठनपाठन हुँदै आएको विद्यालयमा गीत, नृत्य, चित्रकला लगायतका विधामा अनुभवी विधागत शिक्षकहरुले अध्यापन गराउने गरेको सञ्चालक सरोज पौडेलले बताए ।
उनले प्रत्येक महिना अभिभावकसँग चियागफ कार्यक्रम सञ्चालन गर्दै अभिभावकको कुरा सुन्ने र गुणस्तरका बिषयमा छलफलका साथ बाल मैत्री बाताबरण निर्माण गर्दै आएको जानकारी दिए । खेलमैदान, बाल उद्यान, विभिन्न प्रकारका खेलौनाको सुविधा रहेको विद्यालयमा विद्यार्थीहरु चाडपर्वमा समेत घर नगई रमाउने गरेको पौडेलको भनाई छ ।
सुनौलो १ हजार दिन बालबालिकाको उमेर समूह महत्त्वपूर्ण हुन्छ, त्यसैले उनीहरुको मनोविज्ञानलाई आत्मबल प्रदान गर्न विभिन्न कार्यक्रममा उच्च पदर्थ ब्यक्ति, मन्त्री, सांसद, मेयर, वडाध्यक्षसँग बालबालिका राख्ने र उत्प्रेरणा दिने गरिएको छ ।
बालबालिकाको गुणस्तरीय शिक्षालाई प्रभाबकारी बनाउन शिक्षकलाई मन्टेश्वरी तालिम दिदै रचनात्मक बनाउने गरिएको छ ।







