• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पाथीभरा क्षेत्रमा आन्दोलनकारी र प्रहरीबीच झडप, १४ जना घाइते


  •    संवाददाता/ आइतबार, माघ १३, २०८१  

  • ‘नो केवलकार समूह’ र प्रहरीबीच पाथीभरा क्षेत्रमा शनिबार झडप हुँदा १४ जना घाइते भएका छन् ।

    काफ्लेपाटीभन्दा एक किलोमिटरमाथि रहेको बलुडाँडामा दुई पक्षबीच झडप भएको हो ।

    Advertisement

    झडपमा जनपद र सशस्त्र प्रहरीका १३ जना घाइते भएका छन् भने एकजना प्रदर्शनकारी घाइते भएका छन् । त्यस्तै दुईजना प्रदर्शनकारी पक्राउ परेका छन् ।

    Advertisement

    शनिबार साँझ ५:४५ बजे एरिया गस्ती जाने क्रममा केवलकार खारेजी पक्षले प्रहरीमाथि ढुंगा, लाठी, गुलेली, दाउराको चिरपट, घरेलु हतियारहरुले प्रहार गर्दा प्रहरीले आफ्नो बचाउ गर्ने क्रममा थप प्रहरीको तर्फबाट पाँच वटा ग्यास सेल, एसएलआरको ब्लाईङ राउण्ड पाँच र एसएलआरको लाईफ राउण्ड पाँच वटा फायर भएको थियो ।

    त्यस्तै सशस्त्र प्रहरी बलबाट थप पाँच वटा ग्यास सेल, एसएलआरको लाईफ राउण्ड पाँच वटा, एसएलआरको ब्लाईङ राउण्ड चार वटा,ग्यास ग्रिनेट एउटा फायर भएको थियो । प्रहरीले प्रदर्शनकारीको साथबाट थप ३ वटा धारिलो हतियार खुकुरी फेला पारी नियन्त्रमा लिएको छ ।

    प्रदर्शनकारीतर्फ तेह्रथुम म्याङलुङ-९ पाटीगाउँ बस्ने अन्दाजी बर्ष ३५ का यामबहादुर लिम्बू घाइते भएका छन् । दाहिने खुट्टामा चोट लागेका लिम्बूलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ ।

    त्यस्तै म्याङलुङ-९ बस्ने अन्दाजी बर्ष ३७ का चन्द्रसागर लिम्बू र ताप्लेजुङ सिदिङवा-५ बस्ने अन्दाजी बर्ष २७ का लक्ष्मण लिम्बू पक्राउ परेका छन् । उता जनपद प्रहरीतर्फ ८ जना घाइते भएका छन् ।

    घाइते हुनेहरुमा रोहित कुमार शर्मा बढई, बायाँ गालामा चोट रोशन थेबे बायाँ खुट्टामा चोट, दिनेस माझी बायाँ खुट्टामा चोट, पदम रिजाल बायाँ तिघ्रामा चोट, रमेश लिम्बू टाउकोमा चोट, पदम लिम्बु दाहिने घाँटीमा चोट, अजयकुमार राय कम्मरमा चोट, अमरेस सिवा घाँटीमा चोट लागेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।

    त्यस्तै सशस्त्र प्रहरीतर्फ पाँच जना घाइते भएका छन् । घाइते हुनेहरुमा डिगेन्द्र ओली बायाँ खुट्टामा चोट, कृष्णदेव यादव बायाँ हातमा चोट, बिरेन्द्रकुमार साह ढाडमा चोट, सोमदेव यादव घाँटीमा चोट, टीकाराम खवास ढाडमा चोट लागेको छ ।

    प्रहरीतर्फ सिल्ड ढाल ६ वटा पूर्णरुपमा क्षति भएको छ भने सिल्ड ढाल चार वटा आंशिक क्षति भएको जनाइएको छ । यस्तै आन्दोलनरत पक्षका एक जनालाई प्रहरीको गोली लागेको आन्दोलनकारीले दाबी गरेका छन् ।

    आन्दोलनकारीले हतियार लुकाएर राखेको सूचनापछि प्रहरी टोली खोजतलासमा गएको र त्यही बेला आन्दोलनकारीले माथिबाट ढुंगा बर्साएर प्रहरीमाथि आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जनाए । उनले आन्दोलनकारीबाट तीनवटा खुकुरी, गुलेलीलगायतका सामान बरामद गरेको पनि जानकारी दिए ।

    सशस्त्रले गोली हानेको र विशाल श्रेङको कपडा र थोरै छाला छेडेर गएको आन्दोलनरत पक्षका श्री लिङ्खिमले दाबी गरे । ‘हामी भोलिदेखि गर्ने शान्तिपूर्ण आन्दोलनको प्लेकार्ड बनाउने लगायतका तयारी गरिरहेका थियौं, त्यही बेला आएको प्रहरी टोलीले प्लेकार्ड च्यात्ने, गाउँबाट आएकालाई लात्ताले हान्ने जस्ता हर्कत गरेपछि आमनेसामने भएको हो,’ श्रीले भने ।

    मुक्कुमलुङ संघर्ष समिति, केवलकार खारेजी संघर्ष समितिलगायतले पाथीभरामा बन्ने केवलकारको विरोध गरिरहेका छन् भने पाथीभरा माता केवलकार कम्पनीले निर्माणका लागि जमिन सम्याउने लगायतको काम गरिरहेको छ । मंगलबार जमिन सम्याउन थालेको सूचना प्रवाह भएपछि आन्दोलनकारी पाथीभरा क्षेत्रमा केन्द्रित भएका छन् । उनीहरूले तीन सयभन्दा बढी भेला भएको दाबी गरेका छन् ।

    केवलकार निर्माणको जिम्मा पाएको हिमालयन कन्ट्रक्सनका इन्द्र केदेमले १५ महिनाभित्र सक्ने गरी काम सुरु गरेको जनाएपछि निर्माण रोकेर नफर्किए हडताल लगायतका आन्दोलनमा उत्रने चेतावनी आन्दोलनरत समूहले विज्ञप्तिमार्फत दिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.