• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड महोत्सव: शैक्षिक परामर्शदेखि पर्यटन वर्ष २०८२ प्रचारसम्म


  •    संवाददाता/ शुक्रबार, माघ ११, २०८१  

  • मेला या महोत्सव केवल मनोरञ्जनका लागि घुम्ने गरिन्छ । कतिपय मेला महोत्सवमा मनोरञ्जनका साथै दैनिक उपभोग्य साम्रगीहरुको सूपथ मूल्यमा खरिद बिक्री समेत हुन्छ । तर, झापाको बिर्तामोडमा जारी ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा भने सहभागीले मनोरञ्जन मात्र लिएका छैनन् उनीहरुले शैक्षिक परामर्शदेखि पूर्वका पर्यटकीय क्षेत्रको जानकारी र पर्यटन वर्ष २०८२ को समेत जानकारी पाइरहेका छन् ।

    विभिन्न कन्सलट्यान्सीहरुले महोत्सवमा सहभागीलाई उच्च शिक्षा अध्ययनका लागि शैक्षिक परामर्श प्रदान गरिरहेका छन् भने पर्यटन कार्यालय काँकरभिट्टाले कोशी प्रदेश पर्यटन वर्ष २०८२ को विषयमा जानकारी गराइरहेको छ । कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको छ ।

    Advertisement

    अधिकांश विद्यार्थीले माध्यमिक तहको परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि विदेश रोज्छन् । तर, उचित शैक्षिक पराशर्म नपाउँदा उनीहरु कुन देशको शैक्षिक अवस्था कस्तो छ भनेर अनभिज्ञ रहन्छन् । यस्तो अवस्थामा सारथि हुन्छन् कन्सलट्यान्सीहरु । तिनै कन्सलट्यान्सीले बिर्तामोड महोत्सवमा विद्यार्थी र उनीहरुका अभिभावकलाई लक्षित गर्दै शैक्षिक परामर्शका लागि स्टलहरु राखेपछि महोत्सवमा सहभागीले त्यसको भरपूर फाइदा लिएका छन् ।

    Advertisement

    बिर्तामोडमा रहेको वीज इन्टर नेशनल एजुकेशन सर्भिसले महोत्सवमा स्टल राखेर शैक्षिक परामर्शको क्षेत्रमा जानकारी गराइरहेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै कन्सलट्यान्सीले पराशर्म दिइरहेको वीज इन्टरनेशनलका प्रवन्ध निर्देशक अशोक भण्डारीले जानकारी दिए । वीज इन्टरनेशनलले अष्ट्रेलिया, जापान, युके, न्यूजरल्याण्ड लगायतका विश्व विद्यालयका विषयमा परामर्श महोत्सल स्थलमै प्रदान गर्दै आएको छ ।

    महोत्सव स्थलमा नै रहेको अर्बन स्पेश एजुकेशन कन्सलट्यान्सीका प्रवन्ध निर्देशक तुलसी पाठकले कोरिया, जापान, युके लगायतका मुलुकमा रहेका विश्व विद्यालयका विषयमा महोत्सव स्थलमा सहभागीलाई पराशर्म दिदै आएको जानकारी दिए । महोत्सव स्थलमा विद्यार्थीदेखि अभिभावक समेत सहभागीता हुने भएकाले परामर्श दिन सहज भएको उनको भनाई छ ।

    विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या वार्षिक रुपमा बढ्दो छ । सरकारको पछिल्ला वर्षको तथ्याङ्कलाई अध्ययन गर्दा विदेश अध्ययनका गर्ने जाने नेपाली विद्यार्थीको संख्या बढिरहेको देखाउँछ । शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ (एनओसी)’ लिएर विदेश अध्ययन गर्न गएका विद्यार्थी मध्ये कजि नेपाल फर्किए त्यसको कुनै तथ्याङ्क छैन । तर, विदेश अध्ययनका लागि जाने विद्यार्थीको संख्या भने बढ्दो छ । विदेशमा उच्च आयको रोजगारीको ग्यारेन्टीले समेत नेपाली विद्यार्थी विदेश पढ्न रुचाउँछन् । जसका कारण नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाने गरेका हुन् ।

    विद्यार्थीलाई महोत्सव मूल आयोजक समितिले नि:शुल्क प्रवेशको व्यवस्था गरेसँगै महोत्सव अवलोकनका लागि विद्यार्थीलाई सहज भएको छ । विद्यालय पोशाक र शिक्षकको रोहवरमा महोत्सव स्थलमा पुगेका विद्यार्थीलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सव मूल आयोजक समिति संयोजक विशाल थापाले बताए ।

    महोत्सव स्थलमा पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत रहेको पर्यटन कार्यालय काँकरभिट्टाले पर्यटन वर्ष २०८२ का विषयमा जानकारी गराउँदै आएको छ । जसले पर्यटन प्रहरी र पर्यटन वर्षका विषयमा जानकारी गराइरहेको पाइएको छ । ‘हाम्रो सभ्यता र हाम्रो संस्कृति, अथितिको सत्कार पर्यटन मैत्री व्यहार, प्रहरी र नागरिक बरावर जिम्मेवार’ नारा सहित पर्यटन कार्यालयले पूर्वका पर्यटकीय क्षेत्र र पर्यटन वर्षका विषयमा महोत्सवमा सहभागीलाई जानकारी गराएको हो ।

    पर्यटन प्रहरी कार्यालय काँकरभिट्टाले समेत ११ वुँदे अपिलसहित पर्यटकलाई स्थानीय पर्यटकीय गन्तव्यका वारेमा जानकारी गराउँदै पर्यटकको सुरक्षामा ध्यान दिन अनुरोध गरेको छ । अपिलमा भनिएको छ ‘ग्रामीण पर्यटनको प्रर्वद्धन गरौं, गन्तव्यहरुको सही सूचना सम्प्रेषण गरौं’ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.