झापाका दुई पालिकाका सक्रिय पत्रकारहरुको भेलाले हल्दिबारी-बाह्रदशी प्रेस क्लब गठन गरिएको छ ।
हल्दिबारी प्रेस क्लबको आयोजनामा भएको संयुक्त भेलाले हल्दिबारी प्रेस क्लब बिगठन गर्दै नयाँ क्लब गठन गरेको हो ।
हल्दिबारी गाउँपालिका-२ भेलागढी लोकतान्त्रिक पार्कमा भएको भेलाले दुबै पालिकाका पत्रकारहरुको छाता संगठन हल्दिबारी-बाह्रदशी प्रेस क्लब गठन गरिएको क्लबका महासचिव हैकम घिसिङले जानकारी दिए ।
नव गठित क्लबको अध्यक्षमा नेत्र बिक्रम बिमली, उपाध्यक्षमा अभिशेख धमला प्रीतम, महासचिवमा हैकम घिसिङ, सचिवमा मनोज तिवारी (दर्पण) र कोषाध्यक्षमा शान्ता उप्रेती सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा जनक राजवंशी, टिकारम बास्तोला, राजेश आचार्य र असफाक आलमबाट रहेका छन् ।
त्यस्तै सल्लाहकार समितिमा लेखनाथ शिवाकोटी (प्रदेशी), सुरेन्द्र भण्डारी र याम दंगाल रहेका छन् भने लेखा समितिमा अभिषेक खतिवडा, जनक राउत र हेमन्त मैनालीलाई चयन गरिएको छ ।







