झापाको बिर्तामोडमा आयोजना हुने अन्तराष्ट्रिय व्यापार महोत्सवमा बालबालिकालाई प्रवेश नि:शुल्क गरिएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा माघ ८ देखि शुरु हुने व्यापार महोत्सवमा बालबालिकालाई नि:शुल्क प्रवेशको व्यवस्थापन गरिएको बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । उनका अनुसार बिहान १० बजेदेखि बेलुकी ३ बजेसम्म विद्यालय पोसाकमा शिक्षकको रोहबरमा बालबालिकालाई प्रवेश शुल्क लाग्ने छैन ।
बालबालिकालाई व्यावसाय र उद्योगसँग जोड्दै लैजान यस्तो निर्णय गरिएको महासचिव कुशल खतिवडाले जानकारी दिए ।
Advertisement
बिर्तामोड-५ पुर्वपश्चिम राजमार्ग उत्तर क्षेत्रमा आयोजना हुने उक्त महोत्सवको मंगलबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्ने अध्यक्ष न्यौपानेले जानकारी दिए ।







