• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड महोत्सवको काम अन्तिम चरणमा


  •    संवाददाता/ आइतबार, माघ ०६, २०८१  

  • बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव आगामी माघ ८ गतेदेखि १९ गतेसम्म सञ्चालन हुँदैछ ।

    स्टल निर्माणदेखि अन्य प्राविधिक पक्षको काम अन्तिम चरणमा पगेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

    Advertisement

    बिर्तामोड महोत्सवको करिव दुई लाखले अवलोकन गर्ने छन् । महोत्सवले बिर्तामोडको मात्र नभई कोशी प्रदेशकै अर्थतन्त्रलाई चलायमान बनाउने अध्यक्ष न्यौपानेको भनाई छ । महोत्सवमा छिमेकी राष्ट्रहरुबाट समेत आएर व्यवसायीले स्टल राख्ने र व्यवसाय प्रवद्र्धनमा समेत टेवा पुग्ने न्यौपानेले बताए ।

    Advertisement

    महोत्सवमा नेपालकै सबैभन्दा ठूलो ह्याङ्गरको प्रयोग गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोड नगरपालिका-५ धर्मकाटा रोडमा आयोजना गरिएको महोत्समा तयार गरिएको ह्याङ्गर २० हजार स्क्वार फुटको रहेको महोत्सव मूल आयोजक समितिका व्यवस्थापक ललित सिम्खडाले बताएका छन् । ह्याङ्गार ३० मिटर चौडाई र ६० मिटर लम्वाइको रहेको व्यवस्थापक सिम्खडाको भनाई छ । ह्याङ्गार भित्र ११८ वटा स्टल रहन सक्ने र यो ह्याङ्गर नेपालकै ठूलो ह्याङ्गर भएको उनको दावी छ ।

    महोत्सवमा १५० वटा स्टल रहने छन् । जहाँ सार्क राष्ट्रका व्यवसायीले स्टल राख्ने छन् । स्थानीय क्षेत्रमा रहेका सबैखाले उद्योगहरुलाई समेट्दै व्यवसाय क्षेत्रको प्रवद्र्धनका लागि आयोजना गरिएको महोत्सवमा गाडीदेखि गार्मेन्टसम्मका स्टल रहने सिम्खडाको भनाई छ ।

    महोत्सवमा एकैखाले सामाग्री धेरै भन्दा पनि धेरै खाले सामग्री एकै ठाउँमा उपलब्ध गराउने लक्ष्य रहेको र उपभोक्ताले सबै सामग्री एकै ठाउँमा प्राप्त गर्न सक्ने उनको भनाई छ । सबैखाले मापदण्ड पूरा गरेर आयोजना गरिएको महोत्सवमा सेल्फी जोनदेखि मूलद्वार आकर्षक कलाकृत्तिमा बन्ने उनको भनाई छ ।

    महोत्सवमा व्यवसाय प्रर्वद्धनसँगै सबैखाले उमेर समूहका मानिसले मनोरञ्जन गर्न सक्ने व्यवस्थापन मिलाइएको उनको भनाई छ । जसका लागि हरेक दिन ट्रेण्डिङ्गमा परेका कलाकारको प्रस्तुति रहने छ भने स्थानीय स्तरका मौलिक पहिचान झल्कने विभिन्न कार्यक्रमको आयोजना गरिने उनको भनाई छ । यो महोत्सवमा सबै जना जानेपर्छ भन्ने गरिको बनाइने सिम्खडाको दावी छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.