धाइजन साना किसान कृषि सहकारी संस्थाको ९ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष डम्बरबल्लभब अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नं.११ का वडाध्यक्ष रुद्रप्रसाद डाँगी रहेका थिए ।
उक्त अवसरमा महिला जेष्ठ शेयर सदस्य मनकुमारी उप्रेती, उत्कृष्ट बचत कर्ता क्रिप्शन बास्कोटा, उत्कृष्ट कृषक रामप्यारी लिम्बू, उत्कृष्ट ऋणी देउकुमारी बानियाँ, उत्कृष्ट बाल बचत कर्ता सेगरा थाम्सुहागं र जेष्ठ पूरुष शेय सदस्यबाट रत्नबहादुर श्रेष्ठलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो ।
Advertisement
सोही अवसरमा ३५ हजार भन्दा बढी शेयर लगानी गर्ने सदस्यलाई समेत सम्मान गरिएको थियो ।
अध्यक्ष अधिकारीले संस्थाको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन प्रबन्धक बिन्दा मेचेले गरेकी थिइन् ।







