• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कचनकवलका लेखा अधिकृतलाई धम्क्याउने शिक्षकसहित तीन जनाविरुद्ध उजुरी


  •    संवाददाता/ शुक्रबार, पुष २६, २०८१  

  • झापाको कचनकवल गाउँपालिकाका लेखा अधिकृत गोविन्द रिजालले धम्कीपूर्ण अभिव्यक्ति तथा चरित्रहत्या गर्ने शिक्षक रत्नकुमार बुढाथोकीसहित अन्य दुई व्यक्तिहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन् ।

    उजुरीमा सामाजिक सञ्जालमार्फत जथाभावी अभिव्यक्ति दिएर आफ्नो नाम, पद र प्रतिष्ठामा आँच पुर्याइएको, धम्कीपूर्ण वातावरण सिर्जना गरिएको र कार्यक्षेत्रमा मानसिक दबाब पारेको आरोप लगाइएको छ ।

    Advertisement

    रिजालले पेश गरेको निवेदनमा लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक रत्नकुमार बुढाथोकीले फेसबुकमा लेखा अधिकृतलाई लक्षित गर्दै धम्कीपूर्ण शैलीमा लेखेका अभिव्यक्तिहरूलाई मुख्य प्रमाणका रूपमा समावेश गरिएको छ । बुढाथोकीले ‘भोलि शिक्षकको तलब आएन भने पर्सी सुरक्षाकर्मी अगाडि पछाडि राखेर बस्नु कचनकवलको लेखा अधिकृत ज्यू’ लगायतका धम्कीपूर्ण अभिव्यक्तिहरू सार्वजनिक गरेका थिए । साथै, उनले लेखा अधिकृतको प्रतिष्ठामा आँच पुर्याउने नियतले अन्य व्यक्तिहरूसँग मिलेर आधारहीन आरोप लगाएको उजुरीमा उल्लेख छ ।

    Advertisement

    निवेदनमा उल्लेख गरिएअनुसार, उनीहरुले बिना प्रमाण एकोहोरो आरोप लगाउँदै कर्मचारीको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको र कार्यालयको वातावरण असहज बनाएको आरोप लगाइएको छ । लेखा अधिकृत रिजालले त्रास र धम्कीका कारण कार्यालयको काम गर्न असहज परिस्थिति सिर्जना भएको उल्लेख गर्दै दोषीहरूमाथि साइबर अपराध अन्तर्गत कारबाही गर्न माग गरेका छन् । साथै, आफ्नो व्यक्तिगत र पेशागत सुरक्षाको सुनिश्चितता गरिदिन समेत अनुरोध गरेका छन् ।

    यसअघि गाउँपालिकाका पदाधिकारीहरूको पहलमा बुढाथोकीले सार्वजनिक रूपमा माफी मागेका थिए । उनले सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्तिबाट लेखा अधिकृतको प्रतिष्ठामा असर परेको स्वीकार गर्दै क्षमायाचनासहित फेसबुकमा पोस्ट गरेका थिए । तर, रिजालले घटनालाई गम्भीर रूपमा लिँदै कानूनी प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।

    लेखा अधिकृत रिजालले प्राविधिक कारणले शिक्षकहरूको तलब वितरण ढिलो भएको प्रस्ट पार्दै भने, “सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको प्रतिष्ठामा आँच पुर्याउनु अपराध हो । यसले व्यक्तिगत र व्यावसायिक जीवनमा नकारात्मक प्रभाव पारेको छ । कानूनी न्यायका लागि उजुरी दर्ता गरेको छु,” ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.