झापाको बिर्तामोडमा नवजात शिशु मृत फेला परेको छ ।
बिर्तामोड-५ को जात्रुवारीमा गर्भमा अन्दाजी ३/४ महिनाको जस्तो देखिने नवजात शिशु बेवारिसे अबस्थामा घोप्टो परी मृत फेला परेको हो ।
आज दिउँसो अन्दाजी २:३० बजे जात्रुबारीको घुमाउरो टोलस्थित सडकको छेउमा नवजात शिशु फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।
Advertisement
उक्त विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।







