राधिका फाउन्डेसनमार्फत झापामा अध्ययनरत विद्यार्थीहरूलाई काठमाडौँका देव लामाले शैक्षिक सामग्री, न्यानो कपडा र खाद्यान्न सहयोग गरेका छन् ।
हाल अस्ट्रेलियामा रहेका लामाले फाउन्डेसनका विद्यार्थीलाई ४० हजार मूल्य बराबरका स्टेशनरी, न्यानो कपडा र खाद्य सामग्री प्रदान गरेका हुन् ।
बिर्तामोड निवासी टिका पौडेलमार्फत उक्त सामग्री फाउन्डेसनका संस्थापक राधिका दासीलाई प्रदान गरिएको थियो ।
Advertisement
फाउन्डेसनले कमजोर आर्थिक अवस्थाका विद्यार्थीहरूलाई झापा र काठमाडौँका विद्यालयमा अध्ययन गराउँदै आएको छ । आवासीय सुविधासहित अध्ययनरत विद्यार्थीलाई इच्छुक दाताहरूकै सहयोगमा विद्यालय भर्ना गरिएको फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनमा रहेका विद्यार्थीहरू अधिकांश अभिभावकविहीन हुन् ।







