सानो प्रयास युवा समाजले झापाको दमक-४ मा रहेको विद्योदय आधारभूत विद्यालयका १३७ जना विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) वितरण गरेको छ ।
शुक्रबार एक कार्यक्रमका बीच ओम शान्ति डेन्टलका सञ्चालक तथा सानो प्रयास युवा समाजका सदस्य कमल गैरेको जन्मदिनको अवसरमा न्यानो कपडा वितरण गरिएको समाजका अध्यक्ष छवि खतिवडाले जानकारी दिए ।
प्रदेशसभा सदस्य होमबहादुर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दमक-४ का वडाध्यक्ष पुण्यप्रसाद दाहाल, कार्यपालिका सदस्य शारदा भट्टराई सापकोटा, सामाजिक अगुवा अम्बिकाप्रसाद खनाल, वडा सदस्य हुकुमचन्द्र बस्नेत र शिक्षक भीमराज दाहाललगायतको उपस्थिति रहेको थियो ।
Advertisement
समाजका अध्यक्ष छवि खतिवडाका अनुसार समाजले प्रत्येक सदस्यको जन्मदिनमा सामाजिक कार्य गर्दै आएको छ ।







