जंगली हात्तीले महिलाको ज्यान लिएको भोलिपल्ट झापाको कचनकवलमा घर भत्काएर क्षति गरेको छ ।
गएराति १२:३० बजे कचनकवल-१ फिटिङ्ग गाउँमा ६ वटा जंगली हात्ती प्रवेश गरी रामप्रसाद किस्कू (जलथलिया बा) को घर भत्काएको हो ।
हात्तीले घर पूर्णरुपमा भत्काउनुका साथै घरमा रहेको धान चामल सबै नष्ट गरेको तथा घरका मानिसहरुले भागेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement







